२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छ : सभामुख घिमिरे

आइतवार , माघ २१, २०८०

काठमाडौं, २१ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन् । 

आईतवार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए ।

उनले पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए । उनले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए ।

उनले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए । उनले भने, ‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्ने । पारित यसमानेमा की कार्यान्वयन गर्नेगरी विधेयकहरु धेरै भन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ । संसदको त्यही सौन्दर्यताकासाथ जाने हो ।

भौतिक संरचनाको सौन्दर्यता भन्दा पनि आवश्यकता के हो रु त्यो पूरा गर्नु नै सबैभन्दा ठूलो सौन्दर्यता हो । त्यस कुरामा नै सबैको ध्यान जाने र प्राप्त गर्नेगरी भोलिबाट अधिवेशन चलाउनुपर्छ । यसपालि क्यालेण्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रइत्न गरिरहेका छौँ । प्रिबजेटका लागि कानूनी प्रवन्ध अध्यादेशमाफर्त आएको छ । सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ भनेको छ । दुई वटा संसद सचिवालयमा दर्ता भएको छ ।’

सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए ।