२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब आवश्यक भयो : विष्णु पौडेल

सोमवार , माघ २२, २०८०

काठमाडौं, २२ माघ ।  नेकपा एमालेका अध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताए । 

सोमवार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताए । उनले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताए ।

उनले देशलाई यो ठाउँमा ल्याइपु¥याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाएका छन् । उनले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए ।

उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए । उनले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको बताए ।

उनले पार्टीको सदनमा प्रश्तुती झनै सशक्त हुने बताए। उनले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताए । 

उनले भने, ‘अहिलेको मुलुकको परिस्थिति साँच्चि नै कहाली लाग्दो छ । गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ । तपाईले कुनै त्यस्तो क्षेत्र पाउनुहुन्न जहाँ हामी समस्यामा होइन । गम्भीर समस्यामा नभएका हौँ ।

डाक्टरले गम्भीर बिरामीलाई कतिपय अवस्थाका बिरामीलाई मल्टी अर्गन फेलियर भन्ने गर्दछन् । मुटु हेर्दा खराब छ, फोक्सो खराब छ, कलेजो खराब छ, ब्लड खराब छ । ल्याब्रोटोरीका सबै इंगिटेटरहरुले खराब संकेत गरिरहेको हुन्छ ।

त्यस्तै जस्तो अहिले हाम्रो देश मल्टी अर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ । देशलाई यो ठाउँमा ल्याइपु¥याउने काम अहिलेको गठबन्धन सरकारले गरेको छ । शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था छैन ।

प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने हो, लोकतन्त्र जीवन्त लोकतन्त्रका निमित्त प्रतिपक्षको आवाज महत्वपूर्ण हुन्छ । त्यस हिसावले जानुपर्ने हो । तर अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको छ ।

प्रतिपक्षका आवाज किनारा लगाउने साथमा चलिरहेको छ । सदनमा हाम्रो प्रश्तुती आउने दिनमा अझ सशक्त हुनेछ । सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति हुँदैछ । सडकबाट पनि हामी सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बन्दैछ ।’ 

उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताए । प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरु नै बाझिरहेको बताए । उनले सरकारले अर्थतन्त्रका समस्या र समाधानमा अलमलमा रहेको बताए ।

उनले अहिले साधारण खर्च धान्नसक्ने गरी राजश्व परिचालन हुन नसकेको बताए । पुँजीगत खर्चको अवस्था चिन्ताजनक रहेको बताए । उपाध्यक्ष पौडेलले वर्तमान सरकारले मुलुकले अर्थतन्त्रमा व्यहोरेका समस्या समाधानको ल्याकत नराख्ने बताए । उनले सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब अहिलेको आवश्यकता बनेको र केही समयपछि जनताका माझमा सशक्त जनदबाब श्रृष्टि गर्ने हिसावले जाने बताए
।