
मंगलवार , माघ २३, २०८०
रुपन्देही २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुरु गर्नुभएको संबाद यात्रा आज रुपन्देही आईपुग्दैछ । समूदायमा कांग्रेस अभियान अन्र्तगतको संबाद यात्रा रुपन्देहीको क्षेत्र नम्बर १ अन्तरगत रोहिनी गाउँपालिकाको धकधईमा दिउसो १२ बजे आईपुग्ने क्षेत्रिय सभापति हिरा के सी ले जानकारी दिए ।
महामन्त्री थापाको संबाद यात्राको स्वागतका लागि सम्पुर्ण तयारी पुरा भएको क्षेत्रिय सभापति के सी ले जानकारी दिए । धकधईमा महामन्त्री थापाले स्थानीयसंग खुल्ला संबाद गर्ने कार्यक्रम रहेको छ ।
धकधई पछि महामन्त्री थापाले क्षेत्र नम्बर ३ अन्तरगत भैरहवामा दिउसो २ बजेदेखि उद्योगी व्यबसायी र सरोकारवालाहरु संग संबाद गर्ने कार्यक्रम तय भएको क्षेत्रिय सभापति शुसिल गुरुङ्गले जानकारी दिए । दिउसो ४ बजे बेथरीमा मायादेवी गाउँपालिकाको भवन अवलोकन र स्थानीयसंग संबाद कार्यक्रम आयोजना गरिएको पुर्ब सांसद एवं कांग्रेस नेता प्रमोद यादवले जानकारी दिए ।
क्षेत्र नम्बर ५ अन्र्तगतको लुम्बिनीमा बेलुका ५ बजे लुम्बिनी बौद्ध बिश्व बिद्यालयको अबलोकन र अन्तरक्रिया तथा ६ बजे पडरीयाचोकमा स्थानीयसंग महामन्त्री थापाको सम्बाद कार्यक्रम तय भएको नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एबं युवा नेता फकरुद्धिन खानले जानकारी दिए ।
माघ १३ गते झापाबाट सुरु भएको महामन्त्री थापाको संबाद यात्रा हुलाकी राजमार्ग अन्तरगत जिल्लाहरुमा रहेका नेता कार्यकर्ता तथा स्थानीयसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्दै रुपन्देही आईपुगेको हो । रुपन्देहीमा पर्ने हुलाकी राजमार्गका क्षेत्रमा कार्यक्रम सफल बनाउन तयारी पुरा गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij