२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

ओमसतिया–६ मा जसपाको टोल समिति गठन

मंगलवार , श्रावण २०, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २० साउन ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा पार्टीले ओमसतिया गाउँपालिका वडा नम्बर ६ स्थित नौडिहवा, पाठकपुरमा मंगलबार टोल समिति गठन गरिएको जसपाका युवा नेता विद्या यादवले बताए ।

    सुनिल केवटको अध्यक्षतामा गठन भएको ५१ सदस्यीय टोल समितिको उपाध्यक्षमा किस्मति केवट, किस्मति वनिया, शंकराउती केवट, वैली केवट, पंचराम केवट, सचिवमा दिलिप कुमार केवट, कोषाध्यक्षमा अवधेश केवट र सह–सचिवमा राजु केवट रहेका छन् ।

    यस अघि जसपाले देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न वडामा टोल समिति गठन गरिसकेको छ ।