२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तिलोत्तमा–६ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर

मंगलवार , माघ २३, २०८०

  • 895
    Shares
  • 895
    Shares
  • तिलोत्तमा, २३ माघ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा ‘वडा अध्यक्षसँग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सम्पन्न भएको छ । लायन्स  क्लब अफ बुटवल देउरालीको सह–आयोजना तथा लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १९३ जनाले आँखा परीक्षण गराएको आनन्दवन स्वास्थ्य संस्थाका प्रमुख ज्ञान प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै १५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको उनले बताए । 

    शिविरको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकाले स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाए । उनले वृद्धावस्थामा कसैले पनि स्वास्थ्य उपचारको अभाव भोग्न नपरोस् भन्ने उद्देश्यले नगरभरी नै ज्येष्ठ नागरिकका लागि सुविधायुक्त स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिरहेको बताए ।

    कार्यक्रममा तिलोत्तमा–६ का अध्यक्ष गणेश पाठकले आफू निर्वाचित हुनुअघि नै अग्रज बुवाआमासँग गरेको वाचाअनुसार स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकलाई हरेक स्वास्थ्य सुविधा उपलब्ध गराइ सेवा प्रदान गर्ने जमर्को स्वरुप कार्यक्रम नै राखेर बजेट छुट्टाएर अघि बढेको बताए ।

    22dc89b5-1895-43c7-b316-dad25f268b77.jpeg