
मंगलवार , माघ २३, २०८०
भैरहवा, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमन्त्रित केन्द्रीय सदस्यमा रुपन्देहीका मातृका प्रसाद यादव मनोनित भएका छन् । उनलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन । राप्रपाको विधान बमोजिम यादवलाई उक्त पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ ।
‘पार्टीको सिद्वान्त र नीतिप्रति प्रतिबद्ध भइ पार्टीको बृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, ’अध्यक्ष लिङ्देनले मनोनयन पत्रमा उल्लेख गरेका छन् ।
राप्रपाका सहायक महामन्त्री ताहिर अलीले नेता मातृका यादवलाई भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा सम्मान गरी मनोनयन पत्र हस्तान्तरण गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij