
बिहिवार , माघ २९, २०७७
बुटवल, २९ माघ ।
मुलुकमा दण्डहिनताको अन्त्य नभएसम्म आपराधिक प्रवृत्तिका घटनाहरु दोहोरिइरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाई राजनीतिकरण गरेर यसप्रकारका घटनाहरु श्रृंखलाबद्ध रुपमा घटिरहेको उनीहरुको भनाइ छ ।
रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशको बुटवलमा बिहीबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले महिला हिंसाका घटनामा प्रमाण सुरक्षित गर्नुपर्ने बताइन् । उनले प्रहरीलाई बलियो बनाउनुपर्ने भन्दै पुर्वाधार, प्रविधि जरूरी रहेको बताइन् । उनले आयोग मिडियामैत्री रहेको भन्दै हिंसा न्यूनीकरण गर्न नैतिक शिक्षा, मानव अधिकार शिक्षा आवश्यक रहेको बताइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी प्रतीत सिंह राठौरले पछिल्ला घटनामा प्रहरी अनुन्धान कुनै पनि हालतमा नरोकिने बताए । उनले प्रहरीले अनुसन्धान नरोक्ने बरु प्रमाण खोज्ने बताए । उनले कानून ठिक र कार्यान्वयन पनि ठिक छ भए पनि घटना घटिरहेको भन्दै समाजमा जनचेतनामूलक कार्यक्रम जरूरी रहेको बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनालले निर्मम घटनामा सरकार दोषाी रहेको बताए । उनले निर्मला पन्त, भागिरथी भट्ट लगायतका चेलीमाथि बलात्कारपछि हत्या हुनु क्रुरताको परकाष्ठा भएको बताए । उनले सरकारका अंगहरू पनि कार्यान्वयनमा जान नसकेको भन्दै प्रभाव दवावले होइन विवेक प्रयोग गर्नुपर्ने बताए । उनले सरकारलाई सच्चाउने गरी काम गर्नुपर्ने भन्दै नागरिकको चेतनास्तर बढाउन जरूरी रहेको बताए । उच्च अदालत बुटवल बारका अध्यक्ष अधिवक्ता जोगबहादुर खत्रीले कानुन कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरे । कानुनमा जन्मकैद छ तर बालिका बलात्कार रोकिएन उनले भने । उनले महिला हिंसाका आयामको खोजी गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल, अस्लिल साईटका कारण पनि समस्या बढेको बताए ।
गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले समाज पितृसतात्मक सोचमै रहेको बताइन् । उनले बालबालिका र महिलाहरुलाई यौन शिक्षा सिकाउनुपर्ने सिकाउर्ने बताइन् । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लबका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij