२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

बाआमासँग नगरप्रमुख कार्यक्रम निरन्तर, घरदैलोमै सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह

बिहिवार , माघ २५, २०८०

  • 841
    Shares
  • 841
    Shares
  • बुटवल, २५ माघ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगरप्रमुख’  कार्यक्रमअन्तरगत बिहीबार बुटवल–३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

    सोमबार बुटवल–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर सुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नम्बर १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    त्यस्तै बिहीबार वडा नम्बर ३ मा १ सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ ।

    जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफुलाई खुशी लागेको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिने बताए । उनले घरबाहिर निस्किन नसक्ने र अपांगता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए । उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरू बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए । चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको बताए ।

    १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निःशुल्क दिइने उनले बताए ।

    स्वास्थ्य परीक्षण र उपचारका लागि आएका जेष्ठ नागरिकलाई आवश्यक औषधि समेत प्रदान गरिएको उनले बताए । कार्यक्रमअन्तरगत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने जेष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराएको उनले बताए । उनले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह थपिएको बताए । उनका अनुसार अभियान सञ्चालन हुन बाँकी रहेका वडाहरुबाट समेत चासो व्यक्त गर्दै जेष्ठ नागरिकहरु अन्य वडाहरुमा सेवा लिनका लागि पुग्न थालेका छन् ।