
शुक्रवार , माघ ३०, २०७७
अर्घाखाँची, ३० माघ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसीले सत्तामा बस्नेहरुले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिता भन्दा सत्ता स्वार्थमा लागेकाले भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भुःभाग समेटेर नक्सा पारित गरेपछि उनीहरुकै इशारामा ओलीले संसद विघटन गरेको आरोप लगाएका छन ।
प्रगतिशिल पत्रकार संघ जिल्ला समिति, अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले अहिले विशेष गरी ओली, प्रचण्ड–माधव समुह निरन्तर राज्यको ढुकुटी नै रित्तिने गरी निरन्तर कसको शक्ति कति भनेर प्रदर्शनमा लागेको बताए । उनले दलहरुको आन्तरिक किचलोको कारण राजावादी सलबलाएको बताए ।
अबको समय गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता बचाउन ओलीले चालेको प्रतिगामी कदमकाविरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधव समुह, मधेशवादी दल लगायतका सबै दलहरु ०६२÷६३ को जनआन्दोलनमा जस्तै एक भएर आन्दोलनको आंधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij