images

शनिवार, बैशाख २२ गते २०८१

रोहिणीको धकधईमा ‘एएनपीआर क्यामेरा’ जडान

रोहिणीको धकधईमा ‘एएनपीआर क्यामेरा’ जडान

images
images
images
आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • रोहिणीको धकधईमा ‘एएनपीआर क्यामेरा’ जडान

    भैरहवा, २८ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान गरिएको छ । धकधई चोकमा उक्त क्यामेराको जडान गरिएको हो ।

    images
    images
    images

    भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । ईलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब सवारी दुर्घटनापश्चात उक्त दुर्घटनाबारे अनुसन्धान गर्न थप सहजता प्रदान हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो । सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो क्यामेरा महत्वपूर्ण छ, ’उनले भने । गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि १० लाख रुपैयाँ बिनियोजन गरेर क्यामेरा जडान गरिएको बताए । ईप्रका धकधईबाट निगरानी हुने गरी क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।

    रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले यहाँ आवातजावत हुने सवारीसाधनको नम्बर प्लेट ‘एएनपीआर क्यामेरा’ ले पहिचान गर्ने भएकाले घटनाको अनुसन्धान छिटो र प्रभावकारी हुने बताए ।

    ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालकहरु ‘हिट एण्ड रन’ गरेर भाग्ने भएकाले सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन सजिलो हुने भएकाले यो क्यामेरा बहुउपयोगी हुने विश्वास लिइएको बताए । उनले भने, ‘क्यामेरा जडान भएपछि ‘हिट एण्ड रन’ गरेर नवलपरासी र भैरहवाबाट भागेर आएका सवारीसाधनहरुको पहिचान गर्न र कानूनी दायरामा ल्याउन सकिने हाम्रो विश्वास छ ।’

    Rohinill.jpg

    मुइन इन्टरनेशनल प्रा.लि.काठमाडौंका टेक्निकल डाइरेक्टर रविनराज अमात्यले नम्बर प्लेट पहिचान र सडक सुरक्षा ‘एएनपीआर क्यामेरा’ को मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवरीसाधनको फोटो र भिडियो बनाएर सेभ गर्छ । साथै सवारीका नम्बर प्लेट पहिचान हुने भएकाले चोरीलगायत विभिन्न घटनाको अनुसन्धान गर्न यसले सहयोग गर्छ ।’

    Cct.jpg

    रोहिणी गाउँपालिका–४ का संजय कुमार गुप्ताले रोहिणी–३ स्थित धकधईमा जडान गरिएको क्यामेराले रोहिणी मात्र नभइ भैरहवा–परासी सडकखण्ड हुँदै गुड्ने सवारीसाधनको गतिविधि रिड गर्न सकिने बताए । उनले स्थानीय सरकार रोहिणी गाउँपालिकाबाट भएको यो कार्यले सवारीसाधनको प्रयोग गरी हुने विभिन्न घटनाको अनुसन्धान गर्न पनि सहजता प्रदान गर्ने बताए । अब भने सवारीसाधनको निगरानी गरी पहिचान गर्न सकिने उनको भनाइ छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij