images

शनिवार, बैशाख २२ गते २०८१

सियारीमा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण

सियारीमा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण

images
images
images
सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • सियारीमा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण

    भैरहवा, २९ माघ । रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेको छ । जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नै आवश्यक औषधी उपचार गर्ने गरेको छ ।

    images
    images
    images

    सियारी गाउँपालिकाले ७ वटा वडामै रहेका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको छ । पालिकाले स्वास्थ्य स्वयंसेवक खटाएर जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधी समेत प्रदान गर्दै आएको छ ।

    स्वास्थ्य परीक्षण तथा औषधी उपचारका लागि पालिकाले एक जना नर्स र एक पारामेडिक्स गरी दुई जना स्वास्थ्य स्वयंसेवक खटाएको छ ।  सियारीमा दुई हजारको हाराहारीमा जेष्ठ नागरिक तथा अशक्त, असहाय रहेका छन् ।

    पालिकाले ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि मुटु, मधुमेह, दम, कोलेस्ट्रोल लगाएका दीर्घ रोगका जाँच गर्दै औषधी समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार पालिकाले हालसम्म १ हजार २ सय बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

    Siyari swasthya (2).jpg

    पालिकाले उनीहरुको रगत, पिसाव, खकार, मलेरिया जाँच पनि गर्ने गरेको छ । गाउँपालिकाले गरेको कार्यबाट स्थानीय जेष्ठ नागरिक खुसी देखिएका छन् । उनीहरुले घरमै उपचार पाउँदा आफूहरुलाई निकै सहज भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

    घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि उपचारमा सहज होस् भन्ने उद्देश्यले घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा औषधी प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले जेष्ठ नागरिकका लागि सुरु गरिएको यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर औषधीउपचार गर्ने कार्यक्रमदेखि लिएर ‘सुत्केरी महिलासँग उपाध्यक्ष’ लगायतका कार्यक्रम गर्दै आएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij