images

सोमवार, बैशाख २४ गते २०८१

बुटवल नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै

बुटवल नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै

images
images
images
मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • बुटवल नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै

    बुटवल, १ फागुन ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ । नगर विकास कोषले ३६ औं वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो ।

    images
    images
    images

    फागुन २ गते नगर विकास कोषले ३६ औं वार्षिकोत्सवको अवसर पारेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीको सम्मान गर्न लागेको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

    बुटवलमा नगर विकास कोषको लगानीमा बहुतले पार्किङ भवन निर्माणको कामका लागि सम्झौता भएर काम अगाडि बढेको छ ।
    नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीको सम्मान प्रदान गर्न लागेकोमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खुशी व्यक्त गरे । उनले आगामी दिनमा अन्य क्षेत्रमा समेत उत्कृष्ट बन्ने प्रयत्नमा नगर रहेको बताउँदै नगरलाई समृद्ध बनाउन प्रयत्नरत रहेको बताए । उनले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका साथसाथै देशकै उत्कृष्ट नगरका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij