२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जेसीआई सिद्धार्थको आयोजनामा रक्तदान

मंगलवार , श्रावण २०, २०७७

भैरहवा, २० साउन ।
जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)को आयोजनामा मंगलबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताह–२०२० अन्तर्गत छैठौं कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले बताए । कार्यक्रममा ५१ जनाले रक्तदान गरेको भण्डारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल नेत्र ज्योति संघ प्रदेश ५ का संयोजक तथा जेसीआई सिद्धार्थका मानार्थ सदस्य सागर प्रताप राणाले सिद्धार्थनगर क्षेत्र भित्र जेसीजले सराहनीय कार्य गर्दै आएको बताए । उनले नेत्र ज्योति संघ संगको सहकार्यमा जेसीजले विभिन्न कार्यक्रम गर्दै आएको बताए । सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका राणाले भने, “बडो कठिन अवस्थामा जेसीआई सिद्धार्थको गठन भएको थियो, तत्कालिन अवस्थामा जुन किसिमको सहयोग मैले गर्न पाए, जेसीआई सिद्धार्थको आफ्नै भवन निर्माण भएको छ, मलाई आत्मसन्तुष्टी भएको छ, त्यति बेला मैले राम्रै काम गरेको जस्तो लागेको छ ।” नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष  राकेश गुरुङले रगतले मान्छेको ज्यान समेत बचाउने भएकोले रक्तदानको महत्व रहेको बताए ।

जेसीआई सिद्धार्थ लेडी, नेपालका निवर्तमान अध्यक्ष पार्वती पौडेलले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने नाराका साथ जेसीज अगाडी बढेको बताइन् ।

Jci (3).JPGजेसीआई सिद्धार्थका तालिम संयोजक मनोज भण्डारीको आस्था पाठ, कार्यक्रम संयोजक तथा जेसीआई सिद्धार्थ वर्ष २०२० का जनसम्पर्क अधिकारी माधव शर्माको स्वागत तथा सचिव हरिलाल जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जेसीज सप्ताह अन्तर्गत शैक्षिक सामाग्री वितरण, स्वास्थ्य शिविर, मैत्रीपूर्ण फुटसल, उद्घोषण तालिम र मिनी म्याराथुन कार्यक्रम सम्पन्न भइसकेको जेसीज सप्ताह निर्देशक ऋषिराम पाण्डेयले बताए ।