२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तिलोत्तमा–२ मा निःशुल्क स्वास्थ्य शिविर, २१४ जनाले लिए सेवा

बुधवार , फाल्गुण २, २०८०

  • 889
    Shares
  • 889
    Shares
  • तिलोत्तमा, २ फागुन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ को आयोजना तथा रोटरी क्लब अफ बुटवल डाउनटावन र ओम महिला तथा बाल अस्पताल प्रा.लि. तिलोत्तमाको संयुक्त आयोजनामा पाठेघर क्यान्सर सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ ।

    नगरपालिकाको वडा नम्बर २ स्थित आफ्नै कार्यालय अगाडि भएको शिविरमा २१४ जना महिलाहरुले सो सेवा लिएको वडा सचिव अनिता शर्मा ज्ञवालीले बताइन् ।

    शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग, एचआईभी परीक्षणसहित औषधि वितरण गरिएको थियो । उक्त शिविरमा ओम महिला तथा बाल अस्पताल तिलोत्तमाकी स्त्री तथा प्रसुती रोग विशेष डा. शर्मिला शर्मासहित ५ जना डाक्टरको टोलीले स्वास्थ्य जाँच गरेको थियो । 

    शिविरमा २१४ जनाले सेवा लिएका स्वास्थ्य चेकजाँच गराएका थिए । स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर, यौन रोग, सेतो पानी बग्ने, पाठेघर खस्ने समस्या सम्बन्धि परीक्षण भएको डा. शर्माले जानकारी दिइन् । ‘जाँच गरेका धेरैको स्वास्थ्य सामान्य नै छ, कम उमेरमा विवाह गर्ने, खानपान तथा सरसफाईमा ध्यान नदिने, धेरै जनासँग यौन सम्बन्ध राख्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने डा. शर्माले बताइन् ।

    वडाका कार्यबाहक अध्यक्ष रामकृष्ण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरको अध्यक्षता रोटरी क्लब अफ बुटवल डाउन टावनकी अध्यक्ष कमला हमाल मल्लले गरेकी थिइन् ।

    कार्यक्रममा क्लबका पूर्वअध्यक्ष जीवन अधिकारी, ओम महिला तथा बाल अस्पताल तिलोत्तमाकी शारदा तिवारी, टोल विकासका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।