images

मंगलवार, बैशाख १८ गते २०८१

बुटवलमा एकलाख पुरस्कार राशीको लोकनृत्य प्रतियोगिता सुरु

बुटवलमा एकलाख पुरस्कार राशीको लोकनृत्य प्रतियोगिता सुरु

images
images
images
बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • बुटवलमा एकलाख पुरस्कार राशीको लोकनृत्य प्रतियोगिता सुरु

    बुटवल, २ फागुन ।
    बुटवल उपमहानगरपालिका, रुपन्देहीको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोकनृत्य प्रतियोगिता सुरु भएको छ ।
    ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि दुईदिने लोकनृत्य प्रतियोगिता आयोजना गरेको हो ।

    images

    प्रतियोगिताको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

    उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले लोक संस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए ।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यार्थीहरुको क्षमता प्रदर्शनका लागि लोकनृत्य प्रतियोगिता उपयोगी हुने बताइन् । उनले विद्यालयहरुलाई हरेक क्षेत्रमा क्षमता विकासका लागि विद्यार्थीहरुलाई सहभागी गराउनुपर्ने बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले विद्यालयहरुलाई अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने थलोका रुपमा बुटवल उपमहानगरपालिकाले धेरै अवसरहरु प्रदान गरेकाले सदुपयोग गर्न आग्रह गरे ।

    लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी भएको र पहिलो दिन २२ वटा विद्यालयले प्रस्तुति देखाइसकेको लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नम्बर १३ का अध्यक्ष नारायण पुनले बताए । उनका अनुसार प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij