images

मंगलवार, बैशाख १८ गते २०८१

सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक

सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक

images
images
images
बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक

    बुटवल, २ फागुन ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ ।
    बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल–अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन् ।

    images

    बुटवलभित्रका सबै विद्यालयहरुलाई बुटवलको इतिहास र यसक्षेत्रका विषयहरुमाथि लेखेका पुस्तक विद्यालयहरुमा पुर्याउने उदेश्यले पहिलो चरणमा इतिहाससम्बन्धि पुस्तक प्रदान गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । 

    विद्यालयहरुमा पूस्तकालय स्थापना तथा पाठ्यक्रमभन्दा बाहिरको ज्ञान समेत विद्यार्थीलाई अध्ययनमा रुचि बढाउन पुस्तक वितरण गर्ने उनले बताए । उनले बुधबार २२ वटा विद्यालयलाई पुस्तक दिइएको र बाँकीलाई अरु पुस्तक समेत थप गरी प्रदान गरिने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij