images

बुधवार, बैशाख १९ गते २०८१

बुटवलका २३ चोकचौराहामा हाईमास्ट लाइट जडान हुने

बुटवलका २३ चोकचौराहामा हाईमास्ट लाइट जडान हुने

images
images
images
बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • बुटवलका २३ चोकचौराहामा हाईमास्ट लाइट जडान हुने

    बुटवल, २ फागुन ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाईमास्ट लाइट जडान गर्ने भएको छ। ६५ औं स्थापना दिवसको अवसर पारेर बुधबार नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाईमास्ट लाइट निर्माणस्थलमा शिलान्यास तथा बसपार्क सरसफाई कार्यक्रमको शुभारम्भ गरे । हाईमास्ट लाइट जडानस्थलमा शिलान्यास गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताए ।

    images

    उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाईयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताए । उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताए ।

    बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नान गृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाईमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने बताए । उनले नगरले ६५ औं स्थापना दिवस विविध सिर्जनात्मक कार्यक्रम गरी मनाइरहेको बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई विशेष प्राथमिकता दिएको बताए ।

    विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले नगरभित्रका विद्यालयबीचमा फुटबल प्रतियोगिता, लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्मसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको बताए त्

    त्यस्तै उनले नगरभित्रका जेष्ठ नागरिक र अपांगता भएका र फरक क्षमता भएकाहरुको घरदैलोमै उपचार सेवा पुर्याउन बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन भइरहेको बताए । यस्ता धेरै कार्यक्रमले बुटवललाई समुन्नत सहरका रुपमा स्थापित गर्ने बताउँदै उनले उज्यालो बुटवल कार्यक्रमले सहरलाई उज्यालो बनाउने र रात्रीकालीन बजार सञ्चालनका लागि समेत सघाउ पुर्याउने बताए ।

    बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन्।

    त्यस्तै वीपी चोक, जेसीज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन् । यस्तै गरी नेपाल टेलिकम अगाडि,  उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij