images

मंगलवार, बैशाख १८ गते २०८१

कुञ्जपार्कको दोस्रो स्थापना दिवस, नाइट पार्क छिट्टै सञ्चालन गरिने

कुञ्जपार्कको दोस्रो स्थापना दिवस, नाइट पार्क छिट्टै सञ्चालन गरिने

images
images
images
आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • कुञ्जपार्कको दोस्रो स्थापना दिवस, नाइट पार्क छिट्टै सञ्चालन गरिने

    तिलोत्तमा, ६ फागुन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ स्थित कुन्जलापुर गाउँमा रहेको कुञ्ज पार्कको स्थापना दिवस एक विशेष कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

    images

    कार्यक्रममा कुञ्ज पार्कलाई नाइटपार्क सञ्चालनसंगै समग्र तिलोत्तमाको पर्यटकीय प्रमुख क्षेत्रको रुपमा विस्तार गरिने भन्दै हालसम्म भएका कार्यहरुको सम्बन्धमा कुञ्ज पार्कका अध्यक्ष लोक पुनले जानकारी गराएका थिए । पुनले कुञ्जलापुरबासीसँगै नगरबासीहरुको अथक मिहिनेत र सहयोगले पार्क व्यवस्थापन गर्न सहज भएको बताए । उनले आगामी दिनमा पार्कको उज्ज्वल भविष्यका लागि सबैको सहयोग अझ अपरिहार्य रहेको बताए ।

    अध्यक्ष पुनले तिलोत्तमा नगरपालिकाको पहिचान झल्काउने किसिमले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके समग्र तिलोत्तमाको आर्थिक तथा सामजिक विकास हुने समेत बताए । आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबका उपाध्यक्ष धनेन्द्र पौडेलले पार्कले आन्तरिक पर्यटक या बाह्य पर्यटकसँग सरोकार राख्ने सबैलाई नेपालकै नमूना र उत्कृष्ट गन्तव्य बनाउन व्यवस्थापन समितिमार्फत आफूहरू लागिपरेको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको बजेटमा समेत १ नम्बरमा परेको कुञ्जपार्कको पर्यटन प्रबर्द्धन गर्न सबै नगरबासीले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले नगरपालिकालाई कुञ्जलापुरबासीले गरेको सहयो प्रति धन्यवाद दिंदै नगरको उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा पार्कलाई विकसित गरिने बताए ।
    त्यसतै सो कार्यक्रममा बोल्दै वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले हरियाली प्रबर्धन र सरसफाईसँगै पर्यटनको विकासमा पार्कको व्यवस्थापनले टेवा  पुगेको पनि जानकारी दिए ।

    आन्तरिक तथा पर्यटक भित्र्याउन यो पार्कले ठुलो भूमिका खेलेको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पाठकले बताए । रात्री पार्कको लागि आफू कुनै पनि सहयोग गर्न तयार रहेको भन्दै वडाअध्यक्ष पाठकले तिलोत्तमा नगरपालिकालाई चिनाउने पार्कमध्ये विशेष पार्कमा चिनारी गराउने प्रतिवद्धतासहित सबैको सहयोग रहने बताए ।

    स्थापना दिवसमा पूर्वअध्यक्ष छत्र बहादुर दर्लामी, वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे, वडा नम्बर–३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल, कार्यपालिका सदस्य सुरेन्द्र श्री, चेम्बर अफ कमर्श लुम्बिनीका महासचिव जे.पी. कंडेल लगायतले बोल्दै पार्कको विकासका लागि आफूहरु प्रतिबद्ध भएर लाग्ने बताए । स्थापना दिवसको अवसरमा क्लबले सहयोगी तथा बिहान आयोजना गरेको रक्तदानमा सहभागी २५ जनालाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न नृत्यसहितको औपचारिक तथा साँस्कृतिक कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij