images

मंगलवार, बैशाख १८ गते २०८१

सडक अतिक्रमण हटाउँदै कोटहीमाई गाउँपालिका

सडक अतिक्रमण हटाउँदै कोटहीमाई गाउँपालिका

images
images
images
सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • सडक अतिक्रमण हटाउँदै कोटहीमाई गाउँपालिका

    भैरहवा, ७ फागुन ।
    सडक अतिक्रमण गरिएको ठाउँमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाले डोजर चलाई खाली गराएको छ ।

    images

    कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित नैडिहवामा सडक अतिक्रमण गरी बाटो बन्द गरिएको भन्दै मुद्दा दायर भएको र रुपन्देही जिल्ला अदालतको फैसला अनुसार जग्गा खाली गराइएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।

    अध्यक्ष त्रिपाठीका अनुसार अदालतको फैसलापछि पनि सडक अतिक्रमण गरिएको र सार्वजनिक रुपमा प्रयोगमा नआएपछि आउन सकेन ।

    सार्वजनिक रुपले भोगचलन गरी पाउँ भनी पुनः अदालतमा मुद्दा दायर भएपछि घरटहरा हटाउन जिल्ला अदालतले फैसला सुनाएको थियो । अदालतले गरेको फैसलालाई कार्यान्वयन गराउन कोटहीमाई गाउँपालिका र ईलाका प्रहरी कार्यालयलाई निर्देशन दिएपछि सोही फैसला कार्यान्वयन गर्न सडकमा परेको घरटहरा हटाइएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिए । यसपछि गाउँपालिकाभित्र अन्य ठाउँमा पनि सडक अतिक्रमण हटाउने तयारी रहेको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिए । सार्वजनिक जग्गा सबैको लागि भएकोले सबैले सार्वजनिक रुपमा नै प्रयोग गर्न पाउने भनीे अतिक्रमण गरिएका सबैले उक्त जग्गाहरुलाई समयमै छोडन उनले आग्रह गरेका छन् ।

    अदालतले पठाएको निर्णयलाई अवहेलना गरी अतिक्रमण गरिएको बाटो खाली गराई सबैको हितका लागि काम गरिएको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णु नारायण पाण्डेयले बताए । आफ्नो वडाभित्र सार्वजनिक जग्गा अतिक्रमण गर्नेप्रति कडा रुपले उत्रिने वडाअध्यक्ष पाण्डेयले जानकारी दिए । वडाअध्यक्ष पाण्डेयले भने, ‘सार्वजनिक जग्गा अतिक्रमणले समाजमा द्वन्द्व सिर्जना गर्दछ । हरेक टोल बस्तीको सडकलाई हिलोमुक्त र सहज बनाउनु छ । त्यसैले अतिक्रमण होइन संरक्षण गरौं ।’

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij