२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सत्तारुढ नेकपाको बुटवलमा आमसभा, प्रम ओली लगायतका शिर्ष नेताले सम्बोधन गर्ने 

शनिवार , फाल्गुण १, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, १ फागुन ।

    सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जनसभा गर्दैछ । अराजकताको अन्त्य, राजनैतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश विकासको निरन्तरता भन्ने मुल नाराका साथ आयोजना गरिएको सो जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली (केपी ओली) बुटवल आउने कार्यक्रम छ । 

    ताजा जनादेशका लागि प्रतिनिधिसभाा विघटन र आसन्न निर्वाचनको स्वागतमा बुटवलमा जनसभा गर्न लागिएको र उक्त सभालाई सम्बोधन गर्न प्रम ओली लगाएतका शिर्ष नेताहरु बुटवल आउने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । लुम्बिनी प्रदेशस्तरीय सो सभामा २ लाख जनता सहभागी हुने नेकपा लुुम्बिनी प्रदेशका इञ्चार्ज तथा मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । 

    जनसभामा पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उर्जामन्त्री तथा नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल आउँदैछन् । सभा दिउँसो साढे १२ बजे बुटवलको सिद्धेश्वरी विद्यालयको मैदानमा हुने र यसअघि बुटवलका विभिन्न स्थानबाट र्‍याली  निकाली नगर परिक्रमा गर्दै सभास्थल पुग्ने कार्यक्रम रहेको नेकपा केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक लिला गिरीले जानकारी दिए।