२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गठबन्धनको निरन्तरतामा अलमल या अस्पष्टता नभई सुस्पस्ट प्रतिबद्धता जरुरी : महामन्त्री शर्मा

मंगलवार , फाल्गुण ८, २०८०

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको निरन्तरतामा अलमल या अस्पष्टता नभई सुस्पस्ट प्रतिबद्धता जरुरी हुने बताएका छन् ।

मंगलबार कांग्रेसको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले अहिलको गठबनधन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको भन्दै यसको निरन्तरतामा अलमल या अस्पष्टता नभई सुस्पस्ट प्रतिबद्धता जरुरी हुने बताएका हुन् । एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा रहेको उनले बताए । गठबन्धन छोड्न कुनै पनि दल स्वतन्त्र रहेरपनि गठबन्धमा रहेर स्वतन्त्र गतिविधि गर्न स्वतन्त्र नरहेको शर्माको भनाइ छ ।

उनले केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्ने बताए । शर्माले गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुनेमा जोड दिए ।

अहिले कांग्रेसले समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने बिषयमा संस्थागतरूपले स्पष्ट रहेको उनको प्रतिबेदनमा उल्लेख छ । महामन्त्री शर्माले वर्तमान सरकार मार्फत कम्तीमा संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको जिकिर गरेका छन् ।

भ्रष्टाचार नियन्त्रणका साथै अर्थतन्त्र क्रमशः सम्हालिंदै सुधारोन्मुख दिशामा रहेपनि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीमा पनि सरकारले विश्वास जगाउन नसकेको उनले बताए ।

कांग्रेसका केहि मन्त्रीको कार्यसम्पादन संतोषजनक निश्चयनै रहेपनि केहि मन्त्रीको भुमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै नदेखिएको उहाको प्रतिवेदनमा उल्लेख छ । महासमितिको बैठकमार्फत तहको सरकारमा रहेका पार्टी प्रतिनिधिहरुलाई जनअपेक्षाको कसिमा खरो उत्रने ढंगले कार्यक्षमता र गति बढाउन निर्देशित गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । महासमिति बैठक मार्फत सांगठनिक प्रतिवेदनको प्रस्ताव अनुरुप बलियो संगठन र नीति प्रस्तावको आधारमा सुस्पष्ट दृष्टिकोण बोकेर अगाडिको यात्रा तय गर्नुपर्ने शर्माको जोड छ ।