२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

‘संक्रामक पशु रोग नियन्त्रण विधेयक’ दफावार छलफलका लागि समितिमा पठाइयो

बुधवार , आश्विन १४, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौँ, १४ असोज । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

    बुधवारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुजन्य रोगहरूको प्रभावकारी नियन्त्रण र रोकथामका लागि आवश्यक कानूनी प्रवन्ध गर्न सो विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । सभामुखले उक्त प्रश्तावलाई निर्णयार्थ पेश गर्दा सभाका सदस्यहरूले सर्वसम्मत रूपमा समर्थन जनाएका थिए । प्रश्तावको विपक्षमा कुनै आवाज नआएपछि सभामुखले सो विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत भएको औपचारिक घोषणा गर्नुभयो । 

    अब उक्त विधेयक सम्बन्धित संसदीय समितिमा पुग्नेछ, जहाँ यसका दफाहरूमाथि विस्तृत छलफल र आवश्यक संशोधन प्रक्रिया अघि बढाइनेछ । समितिमा हुने छलफलले विधेयकलाई थप परिष्कृत गरी पुनः प्रतिनिधि सभाको पूर्ण बैठकमा प्रतिवेदनसहित पेश गर्नेछ ।