२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

बिहिवार , फाल्गुण १०, २०८०

काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा माग गरेको छ । 

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेवितिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए । पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुलाई साथमा लिएर प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनले बताए । उनले बालकुमारी घटना हुनेबितिकै मन्त्री ज्वालाले नैतिकताका हिसावले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन नसकेको धारणा रखे ।

सांसद पन्तले भ्रष्टाचारको मुद्दामा पर्नासाथ यसअघिका मन्त्रीहरुले राजीनामा दिएपनि अहिले मन्त्री नै झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको तर्क गरे । लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा  पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको भन्दै उनले विरोध गरे ।

सांसद पन्तले एमालेका मागका बिषयमा व्यवहारमा लागू नभए एमाले चूप लागेर नबस्ने चेतावनी दिए ।