२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि परेको छु : स्वास्थ्यमन्त्री बस्नेत

बिहिवार , फाल्गुण १०, २०८०

काठमाडौं, १० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि गरेको बताएका छन् ।

बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्याश गर्दै मन्त्री बस्नेतले आफु शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि लागि गरेको भन्दै राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने समेत बताए । संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उनले बताए ।

त्यस्तै उनले चिकित्सा शिक्षा ऐन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर दावी गरे ।

बिहिवार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।