२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

भागबण्डामा उपकुलपति नियुक्ति गरेर खुला आवेदनको नाटक मन्चन : शंकर पोखरेल

बिहिवार , फाल्गुण १०, २०८०

  • 649
    Shares
  • 649
    Shares
  • रुपन्देही, १० फागुन । 
    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा भागबण्डा गरेर पनि बाहिर खुला आवेदन र नाटक मंचन गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सत्तारुढ दलहरुमै भागबण्डा गरेर छनौट गरिएको बताएका छन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले स्टाटस लेखेका छन्, ‘उपकुलपति नियुक्तिमा भागवण्डा नै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन नगरेकै भए हुन्थ्यो । अनि आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो। विद्यार्थीको विदेश पलायता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम काशी जानु कुतीको वाटो जस्तो देखियो ।’