images

मंगलवार, बैशाख १८ गते २०८१

कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमता विकास तालिम

कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमता विकास तालिम

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमता विकास तालिम

    रुपन्देही, १३ फागुन ।
    कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि दुईदिने क्षमता विकास सम्बन्धि तालिम शनिवार समापन भएको छ । 

    images

    बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिमको समापनका अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले काम गर्ने दौरानमा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्मयता मिलाउने र कसरी समन्वय गरेर काम गर्ने भन्ने विषयमा दुईदिने तालिम महत्वपूर्ण भएको बताए । उनले काम गर्दा अपनाउनुपर्ने प्रक्रियाहरु, सार्वजनिक खरिद ऐनका विषय लगायत कार्यसम्पादनसँग जोडिएका कुराहरुमा तालिमबाट धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको बताए ।         

    सो अवसरमा बोल्दै कञ्चन गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष टिकाराम सापकोटाले सिंगापुरको पोर्टमा लिएको तालिम स्मरण गर्दै चित्रले भन्दा पनि चरित्रले चिनिनुपर्दछ भन्दै चरित्र राम्रो भयो भने तस्बीर आफै राम्रो देखिने बताए । उनले सकारात्मक सोच हुनु नै राम्रो देखिनु हो भन्दै तालिमले धेरै कुरा सिकाएको बताए । 

    7b19307a-89e5-4951-a394-b5664178b601.jpg

    तालिममा प्रशासनबिद् काशीराज दाहाल र राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले सहजीकरण गरेका थिए । 
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, रोजगार संयोजक ईश्वरी ज्ञवाली लगायतले बोलेका थिए । सूचना अधिकारी गिरीराज अर्यालको सञ्चालनमा सम्पन्न भएको तालिममा जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij