२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राप्रपा रोहिणी–५ र ६ को भेला सम्पन्न

आइतवार , फाल्गुण २, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोहिणी गाउँपालिका वडा नम्बर ५ र ६ को भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । भेलाले वडा नम्बर ५ मा अनिल चौधरी र ६ मा जय करन चौधरीको अध्यक्षतामा वडा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना राप्रपामा प्रवेश गरेका थिए । 

    अनिल चौधरी र जय करन चौधरीको अध्यक्षता, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य कैलाश गुरुङको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलीको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सह–प्रवक्ता सतिषचन्द्र मिश्र, जिल्ला सचिवालय सचिव ई.चन्द्रभक्त श्रेष्ठ, क्षेत्र नम्बर १ अध्यक्ष सीताराम सिंह, युवा नेता नाजिर अलि, रियाज अहमद, इन्दल यादव, ओमप्रकाश चौधरी, रामवरण हरिजन लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।