images

सोमवार, बैशाख १७ गते २०८१

तिलोत्तमामा दादुरा–रुबेला खोप अभियान सुरू

तिलोत्तमामा दादुरा–रुबेला खोप अभियान सुरू

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • तिलोत्तमामा दादुरा–रुबेला खोप अभियान सुरू

    तिलोत्तमा, १३ फागुन ।
    आइतबार (आज) देखि दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमाको शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् । 

    images

    जनस्वास्थ्य निरीक्षक केशव भट्टराई र प्रवेश पौडेललाई भ्याक्सिन बक्स हस्तान्तरण गरेर अभियान थालिएको हो । नगरप्रमुख खाणले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिबद्व रहे अनुरुप दादुराको महामारी आउन नदिन एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए ।

    उपप्रमुख चौधरीले यस अभियानमा नगरका १७ वडा स्वास्थ्य चौकी र निश्चित विद्यालयहरुमा ९ महिना देखि १५ वर्षमुनीका बालबालिकालाई खोप दिइने बताइन् । उनले नगरका करिब ५१ हजार बालबालिकालाई यो अभियानअन्तर्गत खोप लगाइने बताइन्।

    स्वास्थ्य निरीक्षक भट्टराईका अनुसार सबै खोप केन्द्रमार्फत महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत खोप अभियान सञ्चालन हुनेछ । तिलोत्तमाका केही विद्यालय छनौट गरी स्वास्थ्य केन्द्र खोप केन्द्र र विद्यालयमा खोप लगाउन सकिने उनले बताए । आजै मात्र दादुरा र रुबेलाको ११ हजार १ सय ९३ जनालाई खोप लगाइएको जनस्वास्थ्य निरीक्षक प्रवेश पौडेलले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij