२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बुटवलमा सुरु भयो दादुरा रूबेला खोप अभियान

सोमवार , फाल्गुण १४, २०८०

  • 613
    Shares
  • 613
    Shares
  • बुटवल, १४ फागुन ।
    बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । आइतबार बुटवल–११ को प्रगति माध्यमिक विद्यालयमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान सुरु भएको घोषणा गरे । उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोही पनि बालबालिकाहरु खोप लगाउनबाट वञ्चित हुन नहुने बताए । उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचारप्रसार गर्नका लागि आग्रह गरे । उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए । 

    उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गरिन् । 

    बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ । जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन् ।