images

सोमवार, बैशाख १७ गते २०८१

गैडहवामा साढे १९ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

गैडहवामा साढे १९ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • गैडहवामा साढे १९ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

    रुपन्देही, १५ फागुन ।
    रुपन्देहीको गैडहवा गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान तथा सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

    images

    दादुरा–रुबेला खोप दोस्रो चरणमा गैडहवामा ९ महिनादेखि १५ वर्षमुनीका बाबालिकाहरुलाई फागुन २० देखि २४ गतेसम्म खोप लगाउने कार्यक्रम सुरु हुने भएको छ । यो पालिकामा ९ वटा स्वास्थ्य चौकीबाट ५१ वटा खोप केन्द्र र विद्यालयबाट १९ हजार ६ सय ८४ बालबालिकाहरुले दादुरा–रुबेला खोप सेवा लिने भएका छन् ।

    कोरोना (कोभिड–१९) को विश्वव्यापी महामारीबाट नियमित खोप सेवामा समेत असर परेकोले हुनाले नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकाको उमेर पहिचान गरी नियमित खोपको स्थिति पहिचान गरेर खोप सेवा दिइने भएको छ ।

    दादुरा/रुबेला खोप प्रदान गरी दादुरा, रुबेला र कन्जेनिटल रुबेला सिण्ड्रमको संख्यामा उल्लेख्य रुपमा कमी ल्याइ यी रोगहरूबाट हुने अपांगता र मृत्युदरलाई शुन्य अवस्थामा ल्याउने र गर्भवती महिलालाई दादुरा–रुबेला रोग लागेमा जन्मने बच्चा अपांग र अगंभंग भएर जन्मने भएकाले यसलाई निर्मुल पार्नका लागि यो अभियानको मूल उद्देश्य रहेको बताइएको छ ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पूर्णरुपमा बचाउनको लागि हरेक बाबाआमा, दाजुभाई दिदीबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले दादुरा–रुबेलाको खोप गैडहवा गाउँपालिकाभित्रका सम्पूर्ण बालबालिकालाई सहभागी गराउन अभिभावकसँग आग्रह गरे ।

    यी घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात २ वर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई भेट गरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु जरुरी रहेको उनले बताए । अध्यक्ष पौडेलले धेरै खोप केन्द्र विद्यालय क्षेत्रमा हुने भएकोले अभिभावक, विद्यालय शिक्षक, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीविलाई सहयोग गर्न आग्रह गरे ।

    कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन पालिकामा अभियान सञ्चालन गरिएको र २० गतेदेखि दोस्रो चरणमा ७ वटा पालिकामा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

    दोस्रो चरण यही फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवीमा खोप अभियान सञ्चालन हुने ढकालले बताए । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा र पालिकास्तरमा आकस्मिक उपचार टोलीसमेत रहेको बताए ।

    दादुरा–रुबेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने ढकालले जानकारी दिए । गैडहवा स्वास्थ्य शाखाका सुरेन्द्र चौहानले खोप लगाएपछि बच्चालाई विभिन्न समस्या देखिन सक्ने भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

    कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, शिक्षा शाखा प्रमुख माधवराज पौडेल, स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य अधिकृत रिशव श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रदीप चौधरी, ३ का अध्यक्ष सराजुद्दीन धुनिया, ४ का अध्यक्ष सुरेन्द्र सिहं कुर्मी, ५ का अध्यक्ष विजय कुमार शर्मा, ६ का अध्यक्ष राजकुमार लोध, ८ का अध्यक्ष भुवन राना, स्वास्थ्य शाखा नर्सिङ प्रमुख सिता गौतम लगायतले पनि विभिन्न धारणा र सुझाव राखेका थिए ।

    यो अवधिमा लुम्बिनी प्रदेशका ११ लाख ६० हजार ६ सय ६६ जना बालबालिकाले दादुरा–रुबेला खोप लगाउनेछन् । पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भए पनि बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण देखिएपछि खोप लगाउन छुटेका बालबालिकासहित लक्षित सबै बालबालिकालाई खोप लगाउन अभियान सुरु भएको हो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij