images

सोमवार, बैशाख १७ गते २०८१

भारतीय पर्यटकको आगमनलाई सहज बनाउन व्यवसायीको माग

भारतीय पर्यटकको आगमनलाई सहज बनाउन व्यवसायीको माग

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • भारतीय पर्यटकको आगमनलाई सहज बनाउन व्यवसायीको माग

    रुपन्देही, १५ फागुन ।
    नेपालमा सबैभन्दा राम्रो सम्भावना भएको पर्यटन क्षेत्र भए पनि सरकारले यसलाई उपेक्षा गरेको होटेल व्यवसायीहरुको गुनासो छ । अरबौं लगानी भएको यो क्षेत्रलाई सरकारले प्राथमिकता नदिएको नेप्लिज होटेलियर्स एशोसिएशन लुम्बिनीको ठम्याई छ ।  
    व्यवसायीहरुले भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न माग गरेका छन् । 
    नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार विश्वकै ठूलो जनसंख्या भएको नजिकको छिमेकी देश भारतका पर्यटक भएकाले अव्यवहारिक र  झन्झटिलो नीति नियमहरु संशोधन गरी पर्यटकमैत्री बनाउन माग गरेका हुन् । 

    images

    एशोसिएशनका अध्यक्ष प्रविण बहादुर पाठकले नेपाल सस्तो होइन उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । प्राकृतिक सुन्दरता, आधा घण्टाकै फरकमा अलगअलग हावापानी, रमणीय वातावरण, बुद्ध जन्मस्थल लुम्बिनी लगायतका विश्व सम्पदा भएकाले यहाँ माइस टुरिजम (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स र एक्जिबिसन) को राम्रो सम्भावना भएको तर, सरकारी नीति बाधक भएको उनले बताए । 

    भारत उत्तर प्रदेशमा मात्रै २४ करोड बढी जनसंख्या भएकाले उक्त जनसंख्याको १÷२ प्रतिशत मात्रै हरेक वर्ष नेपाल भित्राउन सके यहाँको अर्थतन्त्रमा ठूलो सुधार आउन सक्ने भएकाले भारतीय पर्यटकलाई बिना झण्झट सहज वातावरणमा आउने, घुम्ने र चाहे जति खर्च गर्न पाउने वातावरण सरकारले बनाइदिनुपर्ने पाठकले बताए ।  

    भारतीय पर्यटकले २५ हजार भारु मात्र ल्याउन पाउने नियमले व्यवसाय फस्टाउन नसकेकाले चाहे जति रकम ल्याउन पाउने नीतिका लागि सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।  

    भारतीय पर्यटक चढेका सवारीसाधनलाई चेकजाँचका नाममा सुरक्षाकर्मीबाट औचित्यहीन र अनावश्यक दुख दिने परिपाटीले नेपालप्रति नकारात्मक छाप परेको पाठकले बताए । 

    एशोसिएनका उपाध्यक्ष दिलिप गौचनले विदेशी पर्यटकलाई आकर्षित गर्न बुद्ध जन्मस्थल लुम्बिनी, जितगढी किल्ला, रामापिथेकस पार्क, रानीमहल, बसन्तपुर लगायत हिलस्टेशनहरु भए पनि सरकारले यिनको ब्राण्डिङ र बजारीकरणमा पर्याप्त लगानी नगरेको औंल्याए । 

    बेलहिया नाकाबाट कोरोना महामारी अघि एक लाख ६० हजार विदेशी पर्यटक आएकामा गत वर्ष ८० हजार मात्र आएको तथ्यांकले सरकारले पर्यटक भित्राउन प्रभावकारी काम नगरेको पुष्टी हुने गौचनको भनाइ छ । ‘विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र तुलनात्मक लाभका हिसाबले राम्रो फाइदा लिन सकिने क्षेत्र पर्यटन नै हो, त्यसैले सरकारले पर्यटनलाई मुख्य एजेण्डा बनाउनपर्छ’–गौचनले भने–‘सरकारी नीति नियम समयसापेक्ष र पर्यटकमैत्री नहँुदा पर्यटनबाट लाभ लिन धेरै पछाडि छौं ।’ 

    एशोसिएसनका महासचिव विकास पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा र बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमै नआउँदा पर्यटन क्षेत्रमा भएको अरर्बौं लगानी जोखिममा परेको भन्दै सरकारले नसक्ने हो भने छिटो निजी क्षेत्रलाई दिएर चलाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्न आफूहरु तयार रहेको उनले बताए । 

    एशोसिएसनका कोषाध्यक्ष पदम केसीले अर्बौं लगानी भएको होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने र बुटवलमा रात्रिकालीन व्यवसाय सञ्चालनको लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरे । ‘उद्योग सरह मान्यता पाउँदा विद्युत महसुल, बैंक ब्याजदर, भन्सार लगायतमा सहुलियत पाउन सकिने हुँदा व्यवसायीलाई प्रोत्साहन हुन्छ’–केसीले भने ।   

    अर्का होटेल व्यवसायी टेकनाथ बस्यालले नेपालका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित र पर्याप्त जनशक्तिबिहीन भएकाले पर्यटकले लामो समय कुर्नुपर्ने, झन्झट र सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेकाले ती कार्यालयहरुलाई आधुनिक प्रविधियुक्त, पर्याप्त जनशक्तियुक्त छिटोछरितो र  सुविधायुक्त बनाउनुपर्ने औंल्याए । 

    व्यवसायी प्रणदा दीक्षितले बुटवल–नारायणगढ सडक निर्माणमा भएको ढिलासुस्तीले रुपन्देहीका होटेलको व्यापारमा झण्डै ५० प्रतिशत गिरावट आएकाले यथाशिघ्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

    पर्यटकस्तरदेखि पाँचतारेसम्मका ४० बढी होटल आबद्ध एशोसिएसनले लुम्बिनी प्रदेश र अन्य प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुसंग कनेक्टिभिटी विस्तार गरी पर्यटकको बसाई लम्बाउन व्यवसायीबीच ‘प्रोमोटिङ इच अदर’ अभियान सञ्चालन गरेको छ । 

    एशोसिएसनले नेपाली आकाशलाई कालोसूचीबाट हटाउन, आन्तरिक उडानमा नेपाली र विदेशीलाई हवाइ भाडा दर समान बनाउन, रुपन्देहीलाई क्यासिनो हब, नाइट लाइफ र वेडिङ डेस्टिनेसन (भारतीयहरु यहाँ आएर विवाह र भोज गर्ने गन्तव्य) को रुपमा विकास गर्न माग गरेको छ । 

    यस्तै लुम्बिनीलाई शान्ति शहर, ध्यान र योगा केन्द्रको रुपमा विकास गर्न र लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बर्थिङ अस्पताल बनाउन, नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको बुटववलको जितगढी किल्लालाई युरोप लगायत मुलुकमा ब्राण्डिङ गरी पर्यटक आकर्षित गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गरेको छ । 

    त्यस्तै नेपाली कलेजहरुले होटेल म्यानेजमेन्टको इन्टर्नसीपमा विद्यार्थीलाई विदेश पठाउने गरेकोमा त्यसलाई रोकेर विदेशी विद्यार्थीलाई नेपालमा इन्टर्नसीप गराउन पहल गर्नुपर्ने, बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध बिहारहरु नियमविपरीत गेष्ट हाउस र होटेलमा परिणत भएकाले यसलाई रोक्नुपर्ने, लुम्बिनी शान्ति भूमि भए पनि ध्वनी प्रदुषण र कोलाहलयुक्त वातावरण भएकाले शाइन ल्याङग्वेज (इशारा भाषा) अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij