२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोला : स्वास्थ्यमन्त्री गौतम

सोमवार , कार्तिक १०, २०८२

  • 460
    Shares
  • 460
    Shares
  • काठमाडौं, १० कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

    सोमवार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि उहाँलेसो आग्रह गर्नुभएको हो । शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उहाँले अव निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराउनु भयो ।

    मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गर्नुभयो । उहाँले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुऋति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस क्रममा उहाँले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बीचमा लैजाने संकल्प लिएको समेत गर्नुभयो । 

    मन्त्री गौतमले भन्नुभयो,‘बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु ।

    हाम्रो जन आन्दोलनको मर्म के थियो भने यि कुऋति, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।’

    मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन—जी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो । त्यस क्रममा उहाँले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताउनु भयो ।