२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीमाथि कारवाही गर्न प्रेस संगठनको माग

मंगलवार , श्रावण २०, २०७७


भैरहवा, २० साउन ।
प्रेस संगठन नेपाल रुपन्देहीले संगठनका सदस्यद्वय दिनेश पाण्डे र भगवती पाण्डेमाथि दुव्र्यवहार गर्ने प्रहरीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

संगठनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी संवाददाता एवं लुम्बिनी टेलिभिजनको समाचार प्रमुख भगवती पाण्डेलाई दुव्र्यवहार, हातपात तथा क्यामेरा खोस्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेलाई कारवाही तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ ।

जिल्ला संयोजक अमृत गिरी र सह-संयोजक कमल रायमाझीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा यस्ता निन्दनीय कार्य नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दछौं ।’

विज्ञप्तीमा कोभिड–१९ संक्रमण जोखिमकाबीच नागरिकलाई सूसूचित गराउने कर्तव्य निर्वाहमा कार्यक्षेत्रमा खटेका पत्रकारलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनुको साटो सुरक्षाकर्मीबाट भएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएकोले घटनाप्रति प्रेस संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

117151651_317110932984332_1253653174293971955_n.jpgसाउन १९ गते सोमबार पूर्व पश्चिम राजमार्गको रुपन्देही सालझण्डी सडकखण्डमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोशाकमा रहेका प्रहरीले सवारीसाधनको चेकजाँच गरिरहेको तस्विर लिन खोज्दा प्रहरी निरीक्षक पाण्डेसहितका पुरुष प्रहरीले महिला पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै पत्रकार दिनेश पाण्डेको मोबाइल खोसी पत्रकारद्वयलाई दुव्र्यवहार र हातपात समेत गरेका थिए, विज्ञप्तीमा उल्लेख छ ।