
सोमवार , फाल्गुण ३, २०७७
अर्घाखाँची, ३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनी गए पनि नछोड्ने दावी गर्नु केवल दिवा सपना मात्र भएको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताएकी छन् । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले सबै जिल्ला प्रदर्शन र सभा गरेको कार्यक्रम अन्तर्गत भुसालले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्बोधन गदै यस्तो बताएकी हुन् ।
निर्मला पन्त हत्या मा संलग्न व्यक्तिको प्रमाणलाई नष्ट गर्दा समेत कारवाही गर्न नसक्ने सरकारले भागरथी भट्टको हत्यारा आउँदासम्म कारवाही नगर्ने सरकारले आन्दोलन हुन्छ भनेर केवल आम जनतालाई भुलाउने काम मात्र भएको बताइन् । कम्युनिष्ट सरकार आएपछि मुलुकमा हत्या, हिंसा र बलात्कारका घट्ना बढ्दै गएको उनले बताइन् ।
त्यस्तै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री रेवति प्रसाद भुसालले खर्चिलो तरिकाले धेरै भन्दा कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी गराउने लक्ष्यमा कांग्रेस नरहेको बताए । पछिल्लो समय नेकपाले राज्यको ढुकुटीबाट नेपाली नागरिकको टाउकोमा ऋणको भारी बोकाएको उनले आरोप लगाइन् ।
कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ले अहिलेको परिवेशमा कांग्रेस समुदायस्तरमा गएर आगामी रणनीति लगायतका कार्यक्रम गदै आएको बताउँदै अर्घाखाँचीमा त्यसको परिणाम राम्रो अपेक्षाका साथ आउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij