images

मंगलवार, बैशाख २५ गते २०८१

‘तालिमबाट बोल्ने कलाको विकास भयो, आत्मबल बढ्यो’

‘तालिमबाट बोल्ने कलाको विकास भयो, आत्मबल बढ्यो’

images
images
images
बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • ‘तालिमबाट बोल्ने कलाको विकास भयो, आत्मबल बढ्यो’

    भैरहवा, १ चैत ।
    प्राय आयोजक, सहयोगी संस्थाका प्रतिनिधि तथा ‘अनुभवी’ उद्घोषकले कार्यक्रमको सञ्चालन गर्छन् । कार्यक्रम सफल पार्न उद्घोषकको भूमिका महत्वपूर्ण हुन्छ । 

    images
    images
    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा महिलाहरुलाई सातदिने उद्घोषण तालिम आयोजना गरिएको थियो । बुधबार आयोजित समापन कार्यक्रममा तालिमको सहभागी (प्रशिक्षार्थी) मध्येबाटै रमा श्रेष्ठलाई उद्घोषण गर्ने जिम्मेवारी प्रदान गरियो ।

    तालिमका प्रमुख प्रशिक्षक अग्नी शक्ति यादवले भने, ‘आयोजक र सहयोगी संस्थाका प्रतिनिधिबाट कार्यक्रम सञ्चालन भइरहन्छन् । तर, एकहप्ते उद्घोषण तालिमबाट सहभागीले के सिक्नुभयो भन्ने कुरा जानकारी गराउन पनि आवश्यक भएकोले प्रशिक्षार्थीमध्येबाटै कार्यक्रम सञ्चालन गरियो ।’

    कार्यक्रममा सहभागीहरुले तालिमबाट बोल्ने कलाको विकास भएको र आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने जोड दिए ।

    प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै जगत कुमारी गुरुङले भनिन्, ‘हिजोसम्म यसरी बोल्न जानेका थिएनौ । आज बोल्न सकेका छौं । आयोजक, सहयोगी संस्था र प्रशिक्षकलाई धन्यवाद ।’

    त्यस्तै अर्काे प्रशिक्षार्थी विष्णु आचार्यले कार्यक्रम सञ्चालन गर्न सिकेको बताइन् । उनले भनिन्, ‘आगामी दिनमा पनि वडा कार्यालयले यस्तो तालिमको आयोजना गर्नुपर्छ ।’

    त्यसै गरी प्रशिक्षार्थी शारदा न्यौपानेले विगतका दिनमा माइक समात्न पनि ग्राहो लागे पनि अहिले भने सहज भएको बताइन् । उनले भनिन्, ‘प्रशिक्षकले धेरै राम्रोसँग सिकाउनुभयो ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य हरि बहादुर के.सी.ले यस्ता तालिमले महिलाको मनोबल बढाउने विश्वास व्यक्त गरे । उनले भने, ‘तालिम प्राप्त गरिसकेपछि धेरै राम्रोसँग यहाँहरु बोल्नुभएको छ । म एकदम खुसी छु । वर्षमा एकपटक नभइ दुईपटक तालिम आयोजना गर्न जरुरी रहेको मैले अनुभुति गरेको छु ।’

    आमा समूहकी अध्यक्ष तथा प्रशिक्षार्थी शुभद्रा पौडेलले तालिमले मनोबल बढेको बताइन् । उनले आगामी दिनमा हुने यस्ता तालिममा सहभागीता अझै बढ्ने बताइन् । उनले भनिन्, ‘मजबुत घर बनाउन जग बलियो बनाउनुपर्छ । महिलाले आफूलाई कमजोर ठान्नुहुँदैन । ’

    श्री राम जानकी हनुमान मन्दिर समिति सिद्धार्थनगर–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले राष्ट्र निर्माणमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘नारी भनेको शक्ति हो ।’

    तालिमका प्रमुख प्रशिक्षक अग्नी शक्ति यादवले कुनै पनि कुरा बोल्दा समय, स्थान र व्यक्तिप्रति ध्यान दिनुपर्ने बताए । उनले तालिममा प्रशिक्षार्थीहरु सक्रियतापूर्वक सहभागी भएको भन्दै खुसी व्यक्त गरे ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले महिलाहरुलाई अघि बढाउन वडा कार्यालय लागिपरेको बताए । उनले कोशिष गरे अवश्य नै सफलता प्राप्त गर्न सकिने बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले वडाको विकासका निम्ति लागिपरेको र कामको मूल्यांकन गर्न वडाबासीलाई आग्रह गरे । ‘सबै धर्म, समुदायलाई सम्मान गर्दै अघि बढेका छौं । वडाबासीको सल्लाह सुझाव लिएर बजेट बिनियोजन गरिनेछ, ’उनले भने ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कुनै पनि कुरा कसैसामु बोल्ने, प्रस्तुत गर्नु र सम्झाउनु आफैमा महत्वपूर्ण कार्य भएको बताए । उनले भने, ‘यो तालिम महत्वपूर्ण छ । आफ्नो कुरा अरु समक्ष राख्न नसकिए समस्या समाधान हुन सक्दैनन् । ’महिलाको भूमिका महत्वपूर्ण रहेको नगरप्रमुख खानले बताए । सानो सानो कामले धेरै महत्व राख्ने उनको भनाइ छ ।

    शिवा कल्याण संस्थाका सदस्य देव मिश्राको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, रम्भा कार्कीको स्वागत तथा रमा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा शुभद्रा पौडेल र शारदा न्यौपानेलाई ‘उत्कृष्ट उद्घोषक’ घोषणा गरिएको थियो ।

    IMG_0476.JPG

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालय, रुपन्देहीको आयोजना तथा शिवा कल्याण संस्था मायादेवी गाउँपालिका–८ रुपन्देहीको सहकार्यमा सिद्धार्थनगर–४ स्थित सिद्धार्थ बौद्ध गुम्बामा भएको तालिममा २० जनाको सहभागीता रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij