२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो क्लब सिद्धार्थनगरद्वारा वृक्षारोपण

बुधवार , श्रावण २१, २०७७

भैरहवा, २१ साउन । 
लियो क्लब अफ सिद्धार्थनगरले बुधबार भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालय, परिसरमा वृक्षारोपण गरेको छ ।
लियो अन्तर्राष्ट्रियको वातावरण बचाउ तथा संरक्षण अन्र्तगत हरेर वर्ष गरिदै आएको वृक्षारोपण कार्यक्रमलाई यस बर्ष “एक सदस्य एक रुख“ नारा दिएर नयाँ किसिमले क्लबक वर्ष २०२०/२१ का अध्यक्ष समीर पौडेलले बताए । वर्ष २०२०/२१ मा दोस्रो कार्यक्रमको रुपमा वृक्षारोपण गरिएको पौडेलले जानकारी दिए । यस अघि क्लबले सिद्धार्थ बालगृहमा खाद्यान्न सामाग्री वितरण गरेको थियो ।

विद्यालय परिसरमा बेल, पारिजात, अमला, आँप, कल्पि फूल प्रजातिका ४० वटा विरुवा रोपिएकोे क्लबका प्रथम उपाध्यक्ष लियो गौरब नेपालले बताए ।

पक्लिहवा मा.वि. परिसरमा केही विरुवा रोपिएको तथा अन्य विरुवा लियो सदस्यहरुले आफै जिम्मा लिएर आफ्नो घर कार्यालय क्षेत्रमा रोपिने कार्यक्रम रहेको संयोजक बिमल गौतमले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले लियो क्लब अफ सिद्धार्थनगरको यो नयाँ खालको कार्यक्रमले समाजमा नयाँ सोच र वातावरण संरक्षणमा नया कोसेढुंगा थप्ने बताए । 

लियो ३२५ बी टु नेपालका जिल्ला अध्यक्ष कुबेर पाठकको प्रमुख आतिथ्यता तथा लियो ३२५ बी २ नेपालका पूर्व जिल्ला अध्यक्ष सार्दुल मयुर कसौधनको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लियो ३२५ बि टु नेपालका एरिया ४ का एरिया चिफ गोबिन्द बञ्जाडे, लियो ३२५ बि टु नेपालका अध्यक्ष सल्लाहकार सञ्जय सिंह के.सी, रिजन १५ का रिजन चेयरपर्सनसुमन अधिकारी, लियो क्लब अफ सिद्धार्थनगर पूर्व अध्यक्ष अरुण पन्थी, लियो क्लब अफ मणिग्रामका संस्थापक अध्यक्ष प्रिजेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

क्लबका सचिव कमल परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।