२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

भागरथी बलात्कार र हत्या काण्ड 

पक्राउ परेका दिनेश भट्ट भन्छन् : रिसिईबिले मारे

बुधवार , फाल्गुण ५, २०७७

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • काठमाण्डौं। भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

    पक्राउ परेका दिनेश भट्टले प्रहरीलाई प्रारम्भीक रुपमा बयान दिदै आफूले भागरथीको हत्या गरेको स्वीकारेका छन्।

    दिनेश भट्ट र भागरथी एउटै बिद्यालयमा पढ्ने बिद्यार्थी हुन्। दिनेश कक्षा ११ मा अध्ययनरत हुन भने भागरथी कक्षा १२ मा अध्धयनत हुन्। उनीहरु वीच नातासम्बन्ध रहेको प्रहरीले जनाएको छ। 

    Bhagarathi-Bhatta.jpg

    माघ २१ गते दिउँसो २ बजेतिर अन्तिम कक्षा नपढी साथीहरुसँग फर्किएका दिनेश बजारबाट साथीहरुलाई घर जान्छु भन्दै छुटिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए। 

    घर जाने क्रममा मार्ने उद्धेश्यले बाटोमा कुरेर बसेको र भागरथी घटना स्थलमा पुगेपछि सडकभन्दा तल धकलेर लडाएपछि घाँटी थिचेर हत्या गरेको देखिएको  डिआइजी सुवेदीले बताए। 

    जिल्ला अस्पताल बैतडीको पोस्टमार्टम रिपोर्टका अनुसार भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी थिचेर हत्या गरेको देखीएको थियो। दिनेशले घाँटी थिचेर हत्या गरेको स्वीकारे पनि बलात्कारको बारेमा भने अहिलेसम्म केही नबोलेको प्रहरीले बताएको छ।

    दिनेशले रिसिइबीका कारण हत्या गरेको प्रहरीलाई बताए पनि अनुसन्धानमा असर पर्ने बताउदै यसबारे प्रहरीले अहिले खुलाएको छैन्।