images

शनिवार, बैशाख १५ गते २०८१

सिद्धार्थनगरमा शैक्षिक गुणस्तर सुधारका लागि कार्यदल गठन

सिद्धार्थनगरमा शैक्षिक गुणस्तर सुधारका लागि कार्यदल गठन

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • सिद्धार्थनगरमा शैक्षिक गुणस्तर सुधारका लागि कार्यदल गठन

    भैरहवा, ९ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विद्यालय शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय शिक्षा अध्ययन कार्यदल गठन भएको छ । नगरपालिकामा रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि आवश्यक शैक्षिक नीति र योजना बनाउन नगरले कार्यदल गठन गरेको हो ।

    images

    नगर शिक्षा समितिको बैठकले डा. शम्भु गुप्ताको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्साल, सदस्यहरुमा डा. त्रिभुवन बरई, वनमाली निराकार, डिल्लीराज भट्टराई, विजय सागर श्रेष्ठ, दिनेश मिश्र, पिताम्बर तिवारी, मकबुल अहमद खान र रुपकुमार क्षेत्री रहेका छन् ।

    नगरको सम्रग शैक्षिक सुधारका लागि कार्यदल गठन गरिएको सिद्धार्थनगरका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष इश्तियाक अहमद खाँले जानकारी दिए । ‘गठित कार्यदलले नगरमा शैक्षिक सुधारका लागि आवश्यक कार्ययोजनासहितको प्रतिवेदन शिक्षा समितिलाई बुझाउनेछ’ उनले भने, ‘त्यसले नगरको शिक्षाको वर्तमान अवस्था थाहा भइ नगरपालिकाले सुधारका लागि आवश्यक शैक्षिक नीति तथा योजना बनाएर अघि बढ्छ ।’

    कार्यदलले नगरको १३ वटै वडामा रहेका सामूदायिक, संस्थागत, धार्मिक विद्यालय, अभिभावक र शिक्षासँग सरोकार राख्ने व्यक्तित्वहरुसँग छलफल तथा अध्ययन गरेर काम अघि बढाउने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । उनले कार्यदलको सिफारिसले शैक्षिक व्यवस्थापनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij