images

आइतवार, बैशाख १६ गते २०८१

सियारीलाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिदै

सियारीलाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिदै

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • सियारीलाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिदै

    भैरहवा, ९ चैत । रुपन्देहीको सियारी गाउँपालिका पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुटेको छ । पालिकाले यसै आर्थिक वर्षभित्र पूर्ण संस्थागत प्रसुती सुेवायुक्त पालिका घोषणाका लागि अभिमुखीकरण समेत सुरु गरिएको छ ।

    images

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले तयार गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार काम अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।

    उनले सियारीलाई यसै आर्थिक वर्षभित्रै पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह घोषणा गर्न लागिएको बताए ।
    स्वास्थ्य मापदण्ड अनुसार कम्तीमा चारपटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तीमा ९० प्रतिशत, दक्ष प्रसुतीकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य सस्थामा गराएको, घरमा हुने प्रसुती शुन्य र प्रोटोकल अनुसार तीनपटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला समन्वय समितिले घोषणा गर्न सक्ने छ ।

    सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानीसहितको कार्यक्रम गरेका कारण पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुट्न सकिएको बताए । उनले सियारी गाउँपालिका–४ स्थित छपियामा १५ सैयाको आधारभूत अस्पताल निर्माणको कामलाई तीव्रता दिएको बताउँदै यसको निर्माणपश्चात सियारीबासीले स्वास्थ्य उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

    सियारीले यसअघि १२ हप्ता भित्रमा फोलिकएसिड चक्की, ३ महिना पूरा भएपछि क्यालसियम, आईरन र फोलिकएसिड, जुकाको औषधी खुवाउने र प्रोटोकल अनुसार ८ पटक जाँच, स्थानीय दुईवटा बर्थिङ सेन्टरमा सामान्य प्रसुति सेवा र जटिल खालकालाई रिफर गर्ने गरिन्छ ।

    सुत्केरी भएपश्चात पनि उनीहरुलाई प्रोटोकल अनुसार कम्तिमा तीनपटक नर्सिङ स्टाफले स्वास्थ्य परीक्षण गर्ने गर्दछन् ।

    सियारी गाँउपालिकाले उपाध्यक्षसहित सुत्करी भेट तथा पोषण सामग्री वितरण समेत गर्दै आएको थियो । सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानीसहितको कार्यक्रम गरेका कारण पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुट्न सकिएको बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij