images
images

आइतवार, जेठ ६ गते २०८१

सिद्धार्थनगरमा माटो परीक्षण तथा कृषि तालिम सम्पन्न

सिद्धार्थनगरमा माटो परीक्षण तथा कृषि तालिम सम्पन्न

images
images
images
बुधवार, फाल्गुण ५ २०७७
बुधवार, फाल्गुण ५ २०७७
  • सिद्धार्थनगरमा माटो परीक्षण तथा कृषि तालिम सम्पन्न

    भैरहवा, ५ फागुन । 
    पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीले सिद्धार्थनगरमा किसानलाई माटो परीक्षण तालिम दिएका छन् । पक्लिहवा कृषि क्याम्पसमा गठन भएको गैरराजनीतिक विद्यार्थीको संस्था ‘युथ फर कन्जरवेसन एण्ड सष्टेनेबल एग्रिकल्चर’ (वाइसीएसए) ले नगरका किसानलाई जैविक विषादी सम्बन्धी तालिम तथा तरकारीका बीउ समेत वितरण गरेको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर १ बाट सुरु भएको कार्यक्रम वडा नम्बर २ र ११ मा सम्पन्न गरिएको थियो ।  तीन वडामा भएका कार्यक्रममा माटो परीक्षणको नमुना संकलन गरी किसानलाई रिपोर्ट वितरण गरिएको थियो ।

    कार्यक्रम प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कार्यक्रमको शुभारम्भ गरेका थिए ।  कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले नगरका सबै ठाउँमा पुगेर माटो परीक्षण र किसानलाई आधुनिक कृषिमा सहभागि बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

    कृषि क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले विज्ञता व्यवहारमा लागू गर्नुपर्नेमा पनि नगरप्रमुख अधिकारीले जोड दिए । त्यस्तै वडा नम्बर २ मा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष दिपक कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा वडा नम्बर २ का ५० भन्दा बढी किसान लाभान्वित भएका थिए । त्यसै गरी वडा नम्बर ११ मा सम्पन्न भएको कार्यक्रममा पनि ६५ भन्दा बढी किसान लाभान्वित भएका थिए ।  कार्यक्रम वाइसीएसएकी कोषाध्यक्ष रेखा पाण्डेको संयोजकत्वमा भएको थियो भने, कार्यक्रमको  सञ्चालन  वाइसिएसएकी  सचिव आकृत रिजालले गरेका थिए  । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij