२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

पशुपति कलेजमा नयाँ नेतृत्व

शनिवार , चैत्र १०, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १० चैत ।
    रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा रहेको पशुपति कलेजमा नयाँ नेतृत्व चयन भएको छ । चैत १० गते भएको कलेजको दोस्रो अधिवेशनबाट लिला बल्लभ गैरेको अध्यक्षतामा नयाँ समिति बनेको हो ।

    उपाध्यक्षमा कृष्णराज कार्की, सदस्यमा कमलप्रसाद बस्याल,  खिनु गुरुङ,  ध्रुबकुमार पन्थी, संगिता श्रेष्ठ,  दिपक गैरे,  ध्रुवराज कोइराला, पिताम्बर चापागाईं निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ताराप्रसाद छन्तेलले जानकारी दिए ।

    निर्वाचन पश्चात् अध्यक्ष लिलाबल्लभ गैरेले सामुदायिक कलेज भएकोले सञ्चालक समितिले मात्रै केही गर्न नसक्ने बताउँदै प्राध्यापक र स्थानीयहरूको साथ सहयोग र सल्लाह अनुसार अगाडि बढ्ने बताए ।

    कलेजको दोस्रो अधिवेशन तथा चौथो कलेज सभाको उद्घाटन सत्रका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले तिलोत्तमाको दक्षिणी क्षेत्रमा रहेको कलेज संरक्षण गर्न नगरपालिका सधै सकरात्मक रहेको बताउँदै कार्यक्रम योजनाहरू पेश गरे नगरपालिकाले सक्ने र मिल्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    क्याम्पस प्रमुख जितबहादुर राजकोटीले सामुदायिक कलेज भएकोले स्थानीय, समाजसेवी, शिक्षाप्रेमीको सहयोगले क्याम्पस अगाडि बढ्ने बताए । पशुपति कलेज २०६२ सालमा बुद्धिजीवी र शिक्षाप्रेमीहरूले स्थापना गरेको कलेज हो ।