images

शनिवार, बैशाख १५ गते २०८१

प्राविधिक शिक्षाले सक्षम जनशक्ति उत्पादन तथा रोजगारीको अवसर सिर्जना गर्छ : स्वाती थापा

प्राविधिक शिक्षाले सक्षम जनशक्ति उत्पादन तथा रोजगारीको अवसर सिर्जना गर्छ : स्वाती थापा

images
images
images
शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • प्राविधिक शिक्षाले सक्षम जनशक्ति उत्पादन तथा रोजगारीको अवसर सिर्जना गर्छ : स्वाती थापा

    भैरहवा, १० चैत ।
    प्रतिमान–निमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले विश्व रोजगारी बजारमा प्राविधिक क्षमता भएका विद्यार्थीहरुलाई रोजगारीको अवसर सुरक्षित भएको बताएकी छन् । उनले आजका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिन आवश्यक रहेको बताइन् । प्राविधिक शिक्षाले सक्षम जनशक्ति उत्पादन गर्नुका साथै रोजगारीको अवसर सिर्जना गर्ने उनको भनाइ छ ।

    images

    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १०७ औ श्रृंखलाको प्रमुख अतिथि तथा ‘लिडरसीप र शिक्षा’ विषयमा मुख्य वक्ता रहेकी थापाले यो तालिमले प्रशिक्षार्थीहरुलाई भौतिक तथा मानसिक रुपमा सन्तुलित रहन समेत भूमिका निर्वाह गर्न सकेको अनुभव गरेको बताइन ।

    उनले भनिन, ‘कार्यक्रम ठीक समयमा सुरु हुने र ध्यानबाट कक्षा प्रारम्भ हुने यो तालिमको आयोजनाले स्थानीय तथा राष्ट्रियस्तरका स्रोत व्यक्तिको अनुभवबाट  सिक्न÷सिकाउन पाइने भएकाले यसको महत्व बढ्दै गएको बुझेकी छु ।’ उनले यो तालिममा अन्तर्राष्ट्रियस्तरबाट विषयगत वक्ताहरुलाई जोड्ने र अन्य कार्यमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यो तालिमबाट सामजिक संघ–संगठनका अगुवाले साथै राजनीतिक कार्यकर्ताले ठूलो अनुभव लिन सक्ने र असल लिडर बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य समेत रहेकी थापाले डण्डा नदीको व्यवस्थापन र सुन्दरीकरण गर्दा पर्यटनका निम्ति प्रचुर सम्भावना रहेको जानकारी गराइन । थापासँग हरिश सेठिया, सलुजा रामदाम, अनिता थापा र कृष्ण साहले विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियासमेत गरेका थिए ।

    कार्यक्रमका अध्यक्ष हिमालयन बैंकमा कार्यरत कर्मचारी तथा एलएसडीटिका सदस्य  मनिष तामाङले धन्यवाद मन्तव्य राखेका थिए । तालिमका सहभागी माया तेलका सञ्चालक उद्यमी मोहन बनियाले कार्यक्रमको अनुभव सुनाउँदै आफु पनि एलएसडीटीको सदस्य बन्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

    DSC_4028.jpg

    कार्यक्रम संयोजक व्यवसायी संजय जयसवालको स्वागत तथा व्यवसायी महेन्द्र गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिम सदस्यहरुको योगदानबाट सञ्चालन हुने गर्दछ । कार्यक्रम संयोजक संजय जैसवालले यस श्रृंखलाको खर्च व्यवस्थापनका लागि सौजन्य गर्नुभएको व्यवस्थापन समितिका सदस्य विरेन्द्र ज्ञवालीले बताए ।

    तालिमको संस्थापक तथा मुख्य प्रशिक्षक विजय पाण्डे हुन् । उनले प्रत्येक शनिबार बिहान ८ देखि १०ः३० बजेसम्म तालिम सञ्चालन गर्छन् । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् ।

    DSC_4156 (1).jpg

    तालिमको समापन पश्चात प्रमुख अतिथिसहित एलएसडीटी परिवार सदस्यहरूले एक-अर्कालाई रंग अविर लगाएर फागू पुर्णिमा (होली) को शुभकामना समेत व्यक्त गर्दै खुशीयाली साटेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij