
आइतवार , चैत्र ११, २०८०
भैरहवा, ११ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को इकाई समिति पुनर्गठन गरिएको छ । शनिबार पार्टीका युवा नेता विनोद विश्वकर्माको अध्यक्षतामा ३९ सदस्यीय वडा कार्यसमिति गठन गरिएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
त्यस्तै बैजनाथ सहानीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र निलम वि.क.को अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन वडा समिति गठन गरिएको जिल्ला उपाध्यक्ष गुप्ताले जानकारी दिए ।
राप्रपा सिद्धार्थननगर अध्यक्ष कृष्ण अर्यालको अध्यक्षता, पार्टीको केन्द्रीय सदस्य स्वाती थापाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, आमन्त्रित केन्द्रीय सदस्य मातृका प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पुनम यादवको स्वागतमा भएको कार्यक्रमको राप्रपा सिद्धार्थनगर सचिव प्रकाश ढाडीले सञ्चालन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij