images
images

आइतवार, जेठ ६ गते २०८१

‘कुनै पनि बहानामा भेटेरिनरी शिक्षण अस्पताल सार्न दिदैनौ’

‘कुनै पनि बहानामा भेटेरिनरी शिक्षण अस्पताल सार्न दिदैनौ’

images
images
images
बुधवार, फाल्गुण ५ २०७७
बुधवार, फाल्गुण ५ २०७७
  • ‘कुनै पनि बहानामा भेटेरिनरी शिक्षण अस्पताल सार्न दिदैनौ’

    भैरहवा, ५ फागुन । 
    सिद्धार्थनगर नगरपालिका–१ स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल (भेटेरिनरी अस्पताल) अन्य ठाउँमा स्थानान्तरण गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरुले षडयन्त्रपूर्वक विभिन्न बहानामा यस क्षेत्रकै गौरव पशु शिक्षण अस्पताल अन्यत्र सार्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

    images
    images
    images

    भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसबाट भेटेरिनरी शिक्षण अस्पताल अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बुधबार भैरहवामा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले अस्पताल भैरहवाकै गौरव भएकोले कुनै पनि बहानामा सार्न नदिने बताए । उनीहरुले अस्पताल सार्न नदिन एकजुट भएर आन्दोलनमा उत्रिने बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले दक्षिणी भेगलाई अहिलेसम्म पछाडी पारिएको बताए । उनले विगतमा मालपोत र नापी कार्यालय सार्ने कार्यको पनि विरोध गरिएको बताए । ‘भेटेरिनरी अस्पताल सार्न खोज्ने कार्य गलत हो, कुनै पनि हालतमा भैरहवाबाट पशु चिकित्सा शिक्षण अस्पताल सार्न दिदैनौं, प्रदेशसभा सांसद पाण्डेयले भने । अबको प्रदेशसभाको बैठकमा पनि आफुले यसबारे आवाज उठाउने उनले बताए । यस क्षेत्रको विकास र समस्या समाधानको लागि एकजुट भएर अगाडी बढ्नुपर्ने उनको भनाइ छ । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले भेटेरिनरी शिक्षण अस्पताल सार्ने विषयबारे नगरपालिकाबाट बुझ्ने काम गरिएको बताए । उनले समस्या समाधानको यथाशिघ्र वार्ता टोली गठन गर्नुपर्ने बताए । वार्ताबाट पनि समस्या समाधान नभए नगरपालिका चुप लागेर नबस्ने नगरप्रमुख अधिकारीले चेतावनी दिए ।

    स्थानीयले ५२ विगाहा जग्गा दिएपछि सिद्धार्थनगर नगरपालिका–१ मा पक्लिहवा कृषि क्याम्पस स्थापना भएको स्थानीयवासी सुशील गुरुङले बताए । उनले कुनै पनि हालतमा अस्पताललाई सार्न नदिने बताए । 

    संविधानसभा सदस्य जन्नतुन निसाले पशु शिक्षण अस्पताल कुनै हालतमा सार्न नदिने बताइन् । उनले अस्पताल सार्न नदिन एकजुट भएर अगाडी बढ्नुपर्ने बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले भैरहवामा रहेका कार्यालयहरु सार्ने कदमविरुद्ध  विगतमा पनि आवाज उठाएको बताए । उनले यस क्षेत्रको विकासको लागि सबै एकताबद्ध भएर लड्नुपर्ने बताए । 

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले पशु शिक्षण अस्पताल सार्न नदिन निजी क्षेत्रले आवाज उठाउने बताए । नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य विष्णु थापाले भेटेरिनरी अस्पताल सार्न नदिन सबै एकताबद्ध भएर आन्दोलनमा उत्रिनुपर्ने बताए ।
    ने

    पाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवले अस्पताल सार्ने प्रयास असफल बनाउन पक्लिहवाबासीको आन्दोलनमा आफुहरुको साथ रहेको बताए ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले राजनीति भन्दा माथि उठेर यस क्षेत्रको विकासको लागि एकताबद्ध भएर अघि बढ्ने बताए । 

    नेपाली कांग्रेस सिद्धार्थनगर सभापति दिलिप धितालले सिद्धार्थनगरको विकासको लागि एकजुट हुनुपर्ने बताए । नेपाली कांग्रेसका युवा नेता सोम बहादुर गुरुङले तीनै तहको सरकारले यस क्षेत्रको विकासमा ध्यान दिन नसकेको बताए ।

    स्थानीय खुशीमान गुरुङले पक्लिहवा कृषि क्याम्पसभित्रको जग्गा सदुपयोग नगरिएको बताए । उनले भेटेरिनरी अस्पताल अन्यन्त्र सार्न खोज्नु कमिशनको खेल भएको आरोप लगाए ।

    बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले पशु शिक्षण अस्पताल सार्ने प्रयास नरोकिए आगामी दिनमा चक्काजामको कार्यक्रम समेत गरिने चेतावनी दिए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडा सदस्य हरिमाया गुरुङले अस्पताल सार्न नदिन दबाब सिर्जना गर्नुपर्ने बताइन् ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य रुपा पुनले सिद्धार्थनगर नगरपालिकाको गहनाको रुपमा रहेको भेटेरिनरी शिक्षण अस्पताललाई अन्यत्र सार्ने प्रयास गर्नु दुःखद भएको बताइन् ।

    भैरहवा मर्निङ वाक गु्रपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले विगतमा विभिन्न सरकारी कार्यालयहरु भैरहवाबाट सारिएको र अहिले अस्पताल सार्ने षडयन्त्रलाई निर्मुल पार्न आवश्यक रहेको बताए ।

    समाजसेवी तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेतले स्थानीय सरकार, संघ–संस्था र राजनीतिक दलले आवाज उठाउनुपर्ने बताए ।

    स्थानीय देवराज न्यौपानेले भेटेरिनरी अस्पताल सार्ने कुनै पनि चलखेल भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
    लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेतले एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए । युवा समाजसेवी ओम कुमार श्रेष्ठले पक्लिहवावासीलाई सम्पूर्ण नगरवासीले साथ दिनुपर्ने बताए ।

    समाजसेवी रबिन्द्र राना, जगजीवन पाठक, याम बहादुर थापा (माइला) लगायतले बोल्दै पशु शिक्षण अस्पताल सार्ने प्रयास रोक्नुपर्ने बताए ।

    यता पक्लिहवा क्याम्पस प्रमुख डा. राम भजन मण्डलले पशु चिकित्सा शिक्षण अस्पताल सार्ने विषयमा क्याम्पसबाट कुनै चिठीपत्र नपठाइएको बताए । उनले स्थानीयले यसबारे चासो राख्ने विषय सकारात्मक भएको बताए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij