images

आइतवार, बैशाख १६ गते २०८१

रोहिणीमा मनाइयो विश्व क्षयरोग दिवस

रोहिणीमा मनाइयो विश्व क्षयरोग दिवस

images
images
images
सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • रोहिणीमा मनाइयो विश्व क्षयरोग दिवस

    भैरहवा, १२ चैत ।
    ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइएको छ । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस यहाँ पनि चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम गरेर मनाइएको छ ।

    images

    दिवसको अवसरमा रोहिणी गाउँ कार्यपालिकाको कार्यालय धकधई, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शिवकान्ती हरिजनले क्षयरोगको अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । उनले क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गर्न आग्रह गरिन् ।

    त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर ३ का कार्यबाहक वडाअध्यक्ष जुद्ध प्रकाश चौधरीले सरकारले क्षयरोगका बिरामीलाई निःशुल्क औषधीको व्यवस्था गरेको बताए । 

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले रोहिणीमा हाल ३० जना क्षयरोगका बिरामी रहेको जानकारी दिए । उनले रोग कसैलाई पनि लाग्न सक्ने भएकाले रोग लुकाएर बस्नु भन्दा उपचारमा जानुपर्ने बताए । उनले भने, ‘क्षयरोगका केही बिरामीहरुले औषधी एक महिना खाइसकेपछि म त निको भए भन्दै एक महिनामै औषधी खान छोड्ने गरेको पनि पाइएको छ । यसो गर्नुहुँदैन । नियमित औषधी सेवन गर्नुपर्छ ।’

    WhatsApp Image 2024-03-24 at 11.54.28 AM.jpeg

    क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

    क्षयरोगको जोखिममा कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ता भन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु, खाना मन नलाग्नु, क्षयरोगका प्रमुख लक्षण हुन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij