२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थनगरमा एसईई परीक्षामा १६९६ परीक्षार्थी

बुधवार , चैत्र १४, २०८०

  • 826
    Shares
  • 826
    Shares
  • भैरहवा, १४ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १ हजार ६ सय ९६ विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । बिहिवारदेखि एसईई परीक्षा सुरु हुने भएको छ ।

    सिद्धार्थनगरका १० वटा सामूदायिक, २४ वटा संस्थागत र एउटा धार्मिक गरी ३५ वटा विद्यालयका विद्यार्थीहरु संचालन हुने परिक्षामा सहभागी हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

    निष्पक्ष र शान्त वातावरणमा परीक्षा सञ्चालनका लागि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीसँग निरन्तर समन्वय भइरहेको र प्रश्नपत्र, कापी लगायत सबैको तयारी पूरा भएको जानकारी प्राप्त भएको उनले बताए ।
    ‘एसईई परीक्षा विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्ने खुड्किलो हो, तसर्थ परीक्षा शान्त र मर्यादित ढंगले हुनेछ’ उनले भने, ‘एक दशक भन्दा लामो समयसम्मको मिहिनेतको परीक्षणको लागि परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरुलाई शुभकामना समेत व्यक्त गर्दछु ।’

    सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जानह्वी पाण्डेका अनुसार सामूदायिक विद्यालय ६ सय ७९ जना र संस्थागततर्फका १ हजार १७ जना गरी कुल १ हजार ६ सय ९६ विद्यार्थीहरु परीक्षामा सहभागी हुनेछन् । जसमध्ये ९६ जना ग्रेडवृद्धि र १ हजार ६ सय नियमित तर्फका विद्यार्थीहरु रहेका छन् ।   

    नगरमा रहेको पाँचवटा महात्मा बुद्ध मा.वि., सूसंस्कृत मा.वि., भानु मा.वि, रुपन्देही लिलाराम न्यौपाने मा.वि. र भैरहवा नमूना माध्यमिक विद्यालय परीक्षा केन्द्र तोकिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।