images

शनिवार, बैशाख १५ गते २०८१

होलीको दिन होच्याएर गाली गरेको रिसिबिमा महिलाको हत्या

होलीको दिन होच्याएर गाली गरेको रिसिबिमा महिलाको हत्या

images
images
images
बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • होलीको दिन होच्याएर गाली गरेको रिसिबिमा महिलाको हत्या

    भैरहवा, १५ चैत । 
    रुपन्देहीमा ७० वर्षीया महिलालाई कुटपिट गरी हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले सियारी गाउँपालिका वडा नम्बर ७ स्थित रामजानकी टोलका २९ वर्षिय प्रभुनाथ थारुलाई पक्राउ गरेको छ ।

    images

    रुपन्देही प्रहरीका अनुसार चैत १३ गते राती साढे १२ बजेको समयमा शुद्धोधन गाउँपालिका–६ घर भइ हाल सियारी गाउँपालिका–७ रामजानकी टोलस्थित छोरी ज्वाँइ चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी ७० वर्षीया उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरिएपछि उनी घाइते भएकी थिइन् ।

    घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय छपियाका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर तत्काल घाइतेलाई उद्वार गरी भैरहवास्थित भीम अस्पताल पठाइएकोमा उपचारको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास गर्ने क्रममा प्रहरीले प्रभुनाथ थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । चैत १२ गते होलीको दिन मृतक उजेलीले हेपेर, होच्याएर, गाली गरेको भनी प्रभुनाथले रिसिबि राखेको अनुसन्धानबाट खुलेको उनले बताए । 

    पक्राउ परेका प्रभुनाथको घरबाट कुटपिटमा प्रयोग भएको फलामे हथौडा बरामद भएको डीएसपी भट्टले जानकारी दिए ।

    प्रभुनाथलाई बुधबार रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर उनलाई हिरासतमा राखेर घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij