२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा आर्थिक अवस्था कमजोर मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

बिहिवार , चैत्र १५, २०८०

भैरहवा, १५ चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आर्थिक अवस्था कमजोर भएका मोतिबिन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने भएको छ । आर्थिक अवस्था कमजोर भइ शल्यक्रिया गराउन नसक्ने बिरामीहरुलाई यो सेवा प्रदान गर्न सम्झौता गरिएको हो ।

सिद्धार्थनगर नगरपालिका र नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पतालबीच बिहीबार उक्त सम्झौता भएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए । 

पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा सिद्धार्थनगर नगरपालिकाद्वारा बिनियोजित रु. १० लाखको बजेट सीमाभित्र रही नगरका १३ वटै वडामा स्थायी बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निःशुल्क मोतिबिन्दुको शल्यक्रिया (एउटा आँखा) को सेवा प्रदान गर्न नगरपालिका र अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिकाकोतर्फबाट प्रमुख (मेयर) इश्तियाक अहमद खान र अस्पतालकोतर्फबाट निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा. कबिन्द्र बजाचार्यले हस्ताक्षर गरेका छन् ।