२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

गोनहिया टोल सुधार समितिको अध्यक्षमा बुद्धिसागर तेली

शनिवार , चैत्र १७, २०८०

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, १७ चैत । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोनहिया टोल सुधार समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार गोनहियामा सम्पन्न अधिवेशनले यस अघि गठित तदर्थ समितिलाई नै आगामी कार्यकालको लागि चयन गरेको छ । 

    समितिको अध्यक्षमा बुद्धिसागर तेली, उपाध्यक्षमा तारा पुन गाहा, सचिवमा राधेश्याम विश्वकर्मा र कोषाध्यक्षमा मोती बहादुर थापा मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मान बहादुर थापा मगर, विष्णुमाया थापा, राजेश हरिजन, संगिता पासी, सुरेन्द्र कहार, बोम कुमारी ठेडी मगर, मनोज हरिजन, रुपा मगर र मेकमाया सारु रहेका छन् । 

    अधिवेशनको उदघाटन गर्दै वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले टोल सुधार समितिले सरसफाईमा मात्र आफूलाई सीमित राख्न नहुने बताए । उनले आफ्नो टोलछिमेकमा रहेका विकृति विसंगति हटाउनेदेखि यसविरुद्ध सचेतना फैलाउन पनि टोल सुधार समितिको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोनहिया पछिल्लो समय नगरबासीहरुको भ्रमणयोग्य गन्तव्यको रुपमा विकसित हुदै गएको बताए ।

    उनले स्वच्छ वातावरणका कारण नगरका अधिकांश स्थानीयहरुको मर्निङ्गवाकको लागि गोनहिया आउने गरेको बताउँदै स्थानीयहरुले यसलाई सदुपयोग गर्नुपर्ने धारणा राखे । बिहानी भ्रमणका लागि आउनेहरुका लागि लक्षित गरी तरकारीदेखि खाजा नास्ताका पसलहरु सञ्चालन गर्न उनले सुझाव दिए । 

    गोनहिया टोल सुधार तदर्थ समितिका अध्यक्ष बुद्धि सागर तेलीको अध्यक्षता तथा वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्यहरु युवराज बराल, बसुन्धरा शर्मा, वडा सचिव अब्दुल रसिद पठान, नगरपालिकाका रोजगार संयोजक खेमराज गैरै, कठौतिया टोल सुधार समितकिा अध्यक्ष चन्द्रो कहार, तीनकुने टोलसुधार समितिका अध्यक्ष रतनमान श्रेष्ठ, गोनहिया टोल सुधार समितिका सल्लाहकार देवसिंह गुरुङ्गले टोल सुधार समितिको महत्व तथा यसले खेल्ने भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव राधेश्याम विश्वकर्माले गरेका थिए ।