images

बिहिवार, बैशाख २० गते २०८१

रोहिणीमा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार वितरण

रोहिणीमा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार वितरण

images
images
images
सोमवार, चैत्र १९ २०८०
सोमवार, चैत्र १९ २०८०
  • रोहिणीमा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार वितरण

    भैरहवा, १९ चैत । 
    रुपन्देहीको रोहिणी गाउँपालिकामा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । विगत दुई महिनादेखि सञ्चालन हुँदै आएको कार्यक्रमअन्तर्गत मध्यम कुपोषित बालबालिका र शिघ्र कडा खालका कुपोषित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार त्यहीअनुसार पोषिलो आहार वितरण गर्ने सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए । रोहिणीमा अभिमुखीकरण कार्यक्रम भएपछि ३२ स्थानमा स्क्रिनिङ क्याम्प सञ्चालन गरेको र जसमा २ हजार ४ सय ४२ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको पन्थीले बताए । बालबालिकाहरु १० जना कडा खालका कुपोषण रहेको पाइएको उनले जानकारी दिए ।

    images
    images
    images

    सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रुपन्देही जिल्लाका मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी र गैडहवा गाउँपालिका ‘पोषणमार्फत जीवन रुपान्तरण’ कार्यक्रम सञ्चालन भएको बताइन् । 

    सेतो गुराँस बालविकासद्वारा सञ्चालन भएको छ जसलाई हेलन केलर इन्टरनेशनलले सहयोग गरिरहेको छ । पुनले भनिन्, ‘पालिका तहमा सरोकारवालासँग बैठक बसेर पोषणमार्फत जीवन रुपान्तरण गर्ने भनेर ६ वटा गाउँपालिका २ सय ५२ ठाउँमा स्क्रिनिङ क्याम्प गर्यौं । पाखुराको मध्यभागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।’

    रुपन्देहीको ६वटा गाउँपालिका २ सय ५२ स्थानमा चेकजाँच गरिएको र १९३ स्थानमा छुटेका बालबालिकालाई घरमै गएर नापजाँच गर्ने पुनले बताइन । ७५ जना बालबालिकाको पोषण अवस्था लगायौं जसबाट १५ हजार ६ सय १४ जना बच्चा सामान्य अवस्थामा छन् भने १ हजार १ सय ९३ जना जोखिमको अवस्थामा छन् । ५८ जना बच्चा एकदमै कडा खालका छन् । मध्यम खालकालाई १५ दिनमा २ प्याकेट खुवाउने तरिका सिकाइन्छ । स्वास्थ्यकर्मीको निगरानीमा र महिला स्वास्थ्यकर्मीको सहयोग खुवाइन्छ । ९३ जना बालबालिका निको भइसकेका छन्, ’उनले भनिन् ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बालबालिकालाई पहिचान गरी कुपोषित बालबालिकालाई सहयोग गर्नु धेरै राम्रो भएको बताए । गाउँमा अझै पनि कुपोषित बालबालिका छन् भन्न डराउन नहुने उनले बताए । स्वास्थ्यका लागि सबैले ख्याल गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले समाज उत्थानको लागि धेरै राम्रो कार्यक्रम भएको बताए । 

    सेतो गुराँस बाल विकास सेवाकी कार्यकारी निर्देशक सुमित्रा शर्माले कुपोषणको जोखिमबाट मुक्त गर्नका लागि कार्यक्रम आएको बताउँदै बेल्जीयमबाट आएको पोषण बजारमा किन्न समेत पाउन नसकिने हुँदा अन्य कसैले प्रयोग नगर्नका लागि उनले आग्रह गरिन् । 

    कार्यक्रममा बालबालिकालाई खुवाउने तरिकाका बारेमा तथ्यांक अधिकृत जितेन्द्र कोहारले बताएका थिए । रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित पोखरभिण्डी स्वास्थ्य चौकीका प्रमुख तारा प्रसाद गैरेको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij